काठमाडौं

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार ( आज ) चीन प्रस्थान गर्दैछन् । "/>

उपराष्ट्रपति आज चीनको ६ दिने भ्रमणमा जाँदै

उपराष्ट्रपति आज चीनको ६ दिने भ्रमणमा जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार ( आज ) चीन प्रस्थान गर्दैछन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बिहान सिए ४३८ नं को एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गते देखि शुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला ’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले असोज ४ गते चीन भ्रमणका क्रममा ‘एक क्षेत्र एक मार्ग’ ( बिआरआइ ) सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । चीनमा रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी ( सिपिसी ) का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ ।

उनले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ । ।

यसैविच उपराष्ट्रपति पुनले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । राष्ट्रपति भण्डारीलाई मंगलबार अपराह्न भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo