काठमाडौं

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले आफ्नो कार्ययोजना अनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ । "/>

मन्त्रालय माथि प्रधानमन्त्री कार्यालयको अनुगमन सुरु

मन्त्रालय माथि प्रधानमन्त्री कार्यालयको अनुगमन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले आफ्नो कार्ययोजना अनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरूले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।

अनलाइन मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यालयले सफ्टवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजना अनुसार गरेका कामको विवरण अपडेट गर्न भनेको थियो  । तर केही मन्त्रालयलाई सफ्टवेयरमा कसरी प्रगति विवरण अपडेट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यमलाल भुसालले बताए ।

उनले सरकारको नीति र बजेटका आधारमा मन्त्रालयले पेस गरेको कार्ययोजना अनुसार कति काम भइरहेको छ भन्ने विषय अब अनलाइनबाटै अनुगमन हुने बताए । त्यसक्रममा विवरण अनलाइनमा अपडेट गर्न केही मन्त्रालयलाई अन्योल देखिएपछि मन्त्रालयमै गएर सिकाइएको उनले बताए । अनलाइन अनुगमन प्रणाली भर्खर सुरु भएकाले सबै मन्त्रालयलाई सक्रिय बनाउन केही समय लाग्ने सहसचिव भुसालको भनार्इ छ । करिब एक सातापछि अनलाइनबाट मन्त्रालयको अनुगमन गर्ने प्रणाली सक्रिय हुने उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo