काठमाडौं

पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्ष माथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । "/>

पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्ष माथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साह माथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

घटनाको विषयमा आफूले भोलिपल्टै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र एसपी कोषराज पोखरेललाई जानकारी गराए पनि प्रहरी प्रशासनले वडाध्यक्ष साह माथि कुनै कारबाही नगरेपछि बाध्य भएर दलित संघर्ष समितिलाई गुहार्नु परेको रामको भनाइ छ ।

अछूत भन्दै दुर्व्यवहार गर्ने वडाध्यक्षलाई प्रहरी प्रशासनले कारबाही गर्नेतर्फ कुनै चासो नदेखाएपछि पीडित रामले दलित संघर्ष समिति र नेकपाका नेतालाई गुहारेका छन् । दलित संघर्ष समितिका पदाधिकारीसँगै नेकपाका केन्द्रीय सदस्यद्वय अच्युत काफ्ले र डाचाराज वाग्ले, नेता कमल बुढाथोकी सहितका नेता जिल्ला प्रशासन कार्यालयमा गएपछि मात्र प्रजिअ पोखरेलले ज्ञापनपत्र बुझेका हुन् ।

वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलाई ‘दलित भएर पानी छुने’ भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए ।

घटनाको भोलिपल्ट पीडित युवाले दोषी माथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा गएर लिखित उजुर गरे । तर घटना भएको एक महिनासम्म पनि प्रहरीले दोषी माथि कुनै कारबाही नगरेपछि दलित संघर्ष समितिले घटनाप्रति चासो देखाएको हो । मंगलबार संघर्ष समितिको नेतृत्वमा प्रतिनिधिमण्डल गएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोजक राधेश्याम पासवानले बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo