काठमाडौं

नजिकिंदो दशैंलाई लक्षित गर्दै असोज ५ गते देखि खुल्ने भनिएको यातायातको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । "/>

असोज ५ गते देखि खुल्ने भनिएको यातायातको अग्रिम टिकट बुकिङ अनिश्चित

असोज ५ गते देखि खुल्ने भनिएको यातायातको अग्रिम टिकट बुकिङ अनिश्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नजिकिंदो दशैंलाई लक्षित गर्दै असोज ५ गते देखि खुल्ने भनिएको यातायातको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले रोक्का राखिएको यातायात समितिको बैंक खाता नखोल्ने बताएपछि यातायात व्यवसायीले पनि टिकट बुकिङ खोल्न नसकिने स्पस्ट पारेका छन् ।

यातायात व्यवस्था विभागले समितिका खाता खुला गर्ने सम्वन्धमा कुनै प्रक्रिया अघि नबढाइएको जनाएको छ । असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्नु अघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताएका छन् ।

‘नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन,’ उनले भने, ‘समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ ।, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ ।

संघ संस्था दर्ता ऐन अनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताएका छन् । ‘खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने ? यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन,’ उनले भने, ‘पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौं ।’
रासस

Skip This
Skip This
Logo