मदन पुरस्कारको श्रेष्ठ सूचीमा परे उत्कृष्ट सात पुस्तक

मदन पुरस्कारको श्रेष्ठ सूचीमा परे उत्कृष्ट सात पुस्तक

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । २०८१ सालको मदन पुरस्कारका लागि छनौट भएका पुस्तकहरुको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले छनौटमा परेका सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।

छनौटमा छुदेन काविमोको उरमालु, रमेश भुसालको छालबाटो, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालामु,’ श्रेयज सुवेदीको ‘बहुरुपीु,’ सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह, र तीर्थ गुरुङको ‘हिउँको गीत,’ परेका छन् ।

पुरस्कारका लागि २ सय ९९ पुस्तक परेका थिए, जसमध्ये ७ वटा उत्कृष्ट पुस्तकहरु छनौटमा परेका हुन् ।

मदन पुरस्कार नेपालकै सबैभन्दा ठुलो धनराशी भएको पुरस्कार हो ।

२०१२ असोज १० गते स्थापना भएको मदन पुरस्कार सबैभन्दा धेरै धनराशी ४ लाख नगद पुरस्कार प्रदान गरिन्छ । २०१२ सालमा मदन पुरस्कार गुठीको स्थापना भएपनि पुरस्कार प्रदान भने २०१३ सालबाट सुरु भएको हो ।

पहिलो मदन पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको ‘हाम्रो लोक संस्कृति’ पुस्तकले प्राप्त गरेको थियो भने विं स. २०७९ मा विवेक ओझाले लेखेको ‘ऐंठन’ र विं स. २०८० मा मोहन मैनालीले लेखेको ‘मुकाम रणमैदान’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।

मदन पुरस्कार गुठीले विं स. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो । वि.सं २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो । वि. सं २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं २०४० सालमा ३० हजार पुग्यो । वि. सं २०४२ सालमा ४० हजार र वि. सं २०४३ सालदेखि ५० हजार गर्दै वि. सं २०५१ सालदेखि उक्त राशि वृद्धि गरि १ लाख पुग्यो । वि. सं २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ ।

मदन पुरस्कार त्यस वर्ष प्रकाशित र पुरस्कार प्राप्तिका लागि आवेदन दिइएका कृतिहरूमध्येबाट एउटा सर्वाेकृष्ट कृतिलाई छनोट गरी दिइने पुरस्कार हो ।

Skip This
Skip This
Logo