सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् । "/>

फोरमले संविधान दिवसको विरोध नगर्ने

फोरमले संविधान दिवसको विरोध नगर्ने

केन्द्रबिन्दु
0
Shares

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भइसकेकाले संविधानको विरोध गरिरहनु नपर्ने बताएका छन् । उनले केही व्यक्तिले बाटाबाटामा निकालेको विज्ञप्तिको कुनै औचित्य नरहेको पनि स्पष्ट पारेका छन् ।

एक प्रश्नको जवाफमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गरिने जानकारी दिएका छन् । रासस

 

Skip This
Skip This
Logo