फ्रन्टलाईन हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

फ्रन्टलाईन हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिने समझदारी भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनका परिवारजन तथा ग्राहकहरूले फ्रन्टलाईन हस्पिटलको सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस छुट सुविधा फ्रन्टलाईन हस्पिटलमै सिधा प्रयोग गर्न सकिने छ ।

सम्झौतापत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा, तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले वित्तीय संस्था र स्वास्थ्य सेवाबीचको सहकार्यलाई सुदृढ गर्दै सेवा विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo