काठमाडाैं । अमेरिकाका सर्वाधिक चर्चित रेस्लिङ स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । टेरी जीन बोलिया र उनको सुनौलो कपाल तथा विशिष्ट जुँगाका लागि परिचित होगनको बिहीबार फ्लोरिडास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो।
होगनले सन् १९७७ मा आफ्नो व्यावसायिक रेस्लिङ करियर सुरु गरेका थिए। तर, सन् १९८३ मा वर्ल्ड रेस्लिङ फेडरेसन अहिलेको वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टमा हस्ताक्षर गरेपछि उनी चर्चाको शिखरमा पुगेका थिए। रेस्लिङको लोकप्रियता तीव्र रूपमा बढेको समयमा उनी सबैभन्दा प्रमुख पात्रहरूमध्ये एक थिए। पछि, उनी आफ्नो रियालिटी शो “होगन नोज बेस्ट”का लागि पनि प्रख्यात भए, जुन २००५ देखि २००७ सम्म प्रसारित भएको थियो।
होगनका प्रबन्धक क्रिस भोलोले बताएअनुसार, रेस्लरको क्लियरवाटर, फ्लोरिडास्थित निवासमा हृदयघात भएको थियो ।





























प्रतिक्रिया