विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् ।
सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले विदेशी अध्ययनप्रति आकर्षण कम गर्न र नेपाली विद्यार्थीलाई देशमै अवसर दिन पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिए ।
‘हाम्रो देशका संरचनाहरू सुधार गर्दै अघि बढेमा कम लागतमा उत्कृष्ट शिक्षा दिन सकिन्छ । यसले विदेश जाने प्रवृत्ति घटाउने मात्र होइन, विदेशी विद्यार्थीसमेत भित्र्याएर पर्यटन र अर्थतन्त्रमा टेवा पु-याउन सक्छ,’ उनले भने ।































प्रतिक्रिया