काठमाडौं । रुपिज इन्टरनेशनल स्कुलको कक्षा १० का विद्यार्थी र हिरण्य इनिसिएटिभको संयुक्त आयोजनामा ‘रुपिज मोडल युनाइटेड नेशन ७.०’ (एमयुएन) सुरु भएको छ ।
विद्यार्थीलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र सार्वजनिक भाषणका बारेमा सिकाउने उद्देश्यका साथ कार्यक्रम सुरुवात भएको हो । ‘एमयुएन’ २५ जुलाई देखि २७ जुलाई तीन दिनसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा (युएनएससी, डाइसेक, इ कफिन, इकोसक, युएनएससी डब्लु, एफपीएन, युएस सेनेट र आइबी) ८ वटा विद्यार्थीको समूह रहेको छ ।
एमयुएनमा ति प्रत्येक समूहलाई एउटा देश अनुसारको एजेण्डा दिइएको छ र सहभागिहरुले ति एजेण्डामा आफ्नो धारणा राख्नुपर्ने छ । कार्यक्रममा विभिन्न स्कुलका १ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । एउटा समूहमा १५ देखि २० जना विद्यार्थी सहभागी छन् ।
प्रमुख अतिथीको रुपमा सहभागी भएका वैद्य ग्रुपका उपाध्यक्ष करण वैद्यले कार्यक्रममा सहभागी विद्यार्थीलाई शुभकामना दिँदै भने, ‘तपाईंहरू सबैभित्र केही विशेष गुण हुन्छ, कोही खेलमा अब्बल हुन्छ, कसैले भाषामा अब्बल छ, कसैले अरूलाई सहयोग गर्न मन पराउँछ । त्यही धारको धागो टिप्नुहोस्, त्यसलाई तान्दै जानुहोस्, यही उमेर हो आफैंलाई खोज्ने, गल्ती गर्ने, फेरि उठ्ने, र अगाडि बढ्ने ।’
स्कुलकी भाइस प्रिन्सिपल मिरेल मुआवाडले भनिन्, ‘यो कार्यक्रमले युवाको जोश, नयाँ विचारहरू र कूटनीतिक संवादलाई एउटै मञ्चमा ल्याएको छ, यो केवल कार्यक्रम होइन, भोलिका नेतृत्वकर्ताहरू निर्माण गर्ने दिशातर्फको एक सार्थक पाइला भएको छ ।’
युएसजीको मिडिया र पब्लिक रिलेसनकी अन्डर सेक्रेटरी जनरल अनुज्ञा अधिकारीले यस कार्यक्रमले विद्यार्थीमा पब्लिक स्पीकिंङ राम्रो हुनमा सघाउने विस्वास गरेको बताइन् । उनले भनिन्, ‘एमयुएन भनेको डिबेट गर्ने हो, नेगोसियट गर्ने हो, त्यसैले यस कार्यक्रमले विद्यार्थीमा बोल्ने बानीको विकास गराउँछ । अनि यसमा अनुसन्धान पनि हुन्छ जसले विद्यार्थीमा आत्मविस्वास बढाउने काम गर्छ ।’
उनले थपिन्, एमयुएनमा पहिलो पटक भाग लिएका विद्यार्थीहरुमा आत्मविश्वास कम हुन्छ, के बोल्ने, कसरी बोल्ने आइडिया हुँदैन तर एमयुएनमा भाग लिइसके पछि त्यो विद्यार्थीमा आत्मविश्वास बढेको, डिबेटिङ, नेगोसियटिङ स्किल्स पनि एकदमै इम्प्रुभ भइरहेको हुन्छ ।
‘रुपिज मोडल युनाइटेड नेशन ७.०’ कि जनरल सेक्रेटरी ईशिका अथरे पुनले ‘आरएमयुएन ७.०’ केही दिनसम्म युवा कूटनीतिक अभ्यासको केन्द्रबिन्दु बन्ने बताइन् ।
यो कार्यक्रम विद्यार्थीले नै आयोजना गरेको भएकाले कार्यक्रम आयोजनाका लागि विद्यार्थीहरुले विभिन्न जिम्मेवारी लिएका छन् । उनीहरुले क्रिएटिभ डेकोरेसन, फाइनान्स म्यानेजमेन्ट गर्दा स्कुलको पनि साथ दिइरहेको छ ।





























प्रतिक्रिया