सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरूलाई सहज र सरल रूपमा सुविधा दिने उद्देश्य लिएर बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो । यस सेवाअन्तर्गत ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन्।

यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ ।

सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटिएम सञ्चालनमा छन् ।

Skip This
Skip This
Logo