एजेन्सी । स्तनको सुरक्षाको लागि महिलाहरुले ब्रा लगाउने गर्दछन् । स्तनको सुरक्षासँगै निश्चित आकार प्रदान गर्न ब्राले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । र प्राय महिलाहरुले यसको प्रयोग गर्ने गरेका छन् । तर अल्बार्टाकी एक महिला भने ब्रा कै विषयलाई लिएर जागीरबाटै हात धुनुपरेको छ ।
२५ वर्षीया अल्बार्टाकी क्रिस्टिना स्चेलले ब्रा नलगाएको भन्दै एक कम्पनीले जागीरबाट निकालिदिएको छ । वेट्रेसकोमा काम गरिरहेकी उनलाई यही कारण जागीरबाट निकालिएको हो । उनले ब्रा नलगाएको भन्दै जागीरबाट निकाल्ने संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् ।
क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा सर्भ गर्दा ब्रा वा सर्टभित्र समिज लगाउनुपर्दथ्यो ।
ओसोयोस गोल्फ क्लबका जनरल म्यानेजर डोउ रोबले उक्त नयाँ नियम उनकै लागि बनाएको जानकारी दिए । अन्य सदस्यको वक्रदृष्टिबाट उनलाई बचाउनका लागि यस्तो नियम बनाइएको रोबले क्रिस्टिनालाई बताए । क्रिस्टिनाले भनिन्, ‘गोल्फ क्लबमा रक्सी मिसिएपछि के हुन्छ ? त्यो मलाई राम्रोसँग थाहा छ ।’
पुरुषलाई पहिरनको मामलामा कुनै नियम लागु नहुने तर महिलालाई चाँहि किन यस्तो नियम भन्दै यसले आफ्नो मानव अधिकार उल्लंघन गरेको बताउँदै कानूनी कारवाही अगाडि बढाएको जानकारी दिइन् । ‘मेरो निप्पल छ, त्यो त पुरुषको पनि छ । तर किन भेदभाव ?’ उनले भनिन् ।





























प्रतिक्रिया