काठमाडौं

विनाशकारी भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्न ६ खर्ब रुपैयाँ अपुग हुने भएको छ । "/>

भुकम्पपछिको पुनर्निर्माणका लागि ६ खर्ब रुपैयाँ अझै अपुग

भुकम्पपछिको पुनर्निर्माणका लागि ६ खर्ब रुपैयाँ अझै अपुग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विनाशकारी भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्न ६ खर्ब रुपैयाँ अपुग हुने भएको छ । पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएकोमा चालू आर्थिक वर्ष भित्र ३ खर्ब ३६ अर्ब रुपैयाँ मात्र उपलब्ध भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए । २०७३ वैशाखमा तयार पारिएको विपद पश्चातको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि साँढे ९ खर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग चालू आर्थिक वर्षसम्म पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गरे । थप रकम जुटाउन सरकार र दातृ निकायसँग छलफल भइरहेको उनले बताए । यद्यपि त्यसको स्रोत भने अझै किटान भइनसकेको उनको भनाइ छ ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब र तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

पुनर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भएको थियो । बाँकी ३ खर्ब ४३ अर्ब मध्ये हालसम्म २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।
राजधानीबाट

Logo