सिन्धुपाल्चोक

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ । "/>

यस्तो छ तातोपानी सडकको अवस्था, कहिले खुल्छ अब ?

यस्तो छ तातोपानी सडकको अवस्था, कहिले खुल्छ अब ?

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ । बिनासकारी भूकम्पसँगै नाका बन्द हुँदा मर्मत सम्भार अभावमा राजमार्गको ३६ किलोमिटर खण्ड जर्जर बनेको हो ।

०७२ वैशाख १२ को भूकम्पपछि चीनसँग व्यापारिक कारोवार हुने यो प्रमुख नाका बन्द छ । त्यसयता नाका जोड्ने राजमार्गको मर्मत, सम्भार हुन सकेको छैन । नाकासँगै उपेक्षामा परेको राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ ।बाह्रविसे–तातोपानी खण्डको दर्जनौँ स्थानमा भोटेकोसी नदीको कटान र पहिरोको बिनासलीला मात्र देखिन्छ । बाढी, पहिरोबाट जोगिएको स्थानमा समेत ठुल्ठूला खाल्डाखुल्डी छन् । यो बर्खामा बाह्रविसे–तातोपानी खण्ड बाढी, पहिरोका कारण अधिकांश समय अवरुद्ध हुँदै आएको छ ।

गत भदौ २ गते साधीखोलामा आएको बाढीले बाह्रविसे–तातोपानी जोड्ने खुर्सानीबारी नजिकको पुल बगायो । त्यहाँ अझै अर्को पुल हाल्ने प्रयास थालिएको छैन । त्यहाँबाट अघि बढ्दा चीन जोड्ने मितेरी पुल सम्मै दर्जनौँ स्थानमा गएको पहिरो र नदी कटानले सडक छियाछिया छ । राजमार्गको बसेरी, बोर्डरल्याण्ड, नयाँ पुल, चाकु, हिन्दी, डाकलाङ्, झीर्पु, लार्चा, १० किलो, तातोपानी बजार लगायत स्थानमा साना–ठूला अनगिन्ती पहिरो गएका छन् । त्यहाँ सडक ट्रयाक खोल्ने ठाउँ सम्म छैन । स्थानीय ठाउँ–ठाउँमा काठका मुढा र फ्ल्याक बिछ्याएर हिँड्न बाध्य छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo