एनपीएलको अक्सन साउन २४ गते

एनपीएलको अक्सन साउन २४ गते

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भइसकेको र यस वर्षको ‘मिनि अक्सन’ साउन २४ गते हुने भएकाे हाे ।

क्यानले यसअघि नै एनपीएलका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई २२ सम्म खुला गरेको थियो। लिगका लागि नयाँ खेलाडीहरूका साथै अघिल्लो सिजनका टोलीहरूले रिलिज गरेका खेलाडीहरूले पनि दर्ता गराएका छन्, जसमा कुल ४५८ नेपाली क्रिकेटर छन् ।

यी दर्ता भएका खेलाडीहरुको विवरण अब एनपीएलमा सहभागी फ्रेन्चाइज टोलीहरुलाई उपलब्ध गराइनेछ । प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीको प्राथमिकताअनुसार अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची सार्वजनिक गरिने छ।

पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका थिए, जसमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो। यस पटकको मिनि अक्सनले टोलीहरूलाई नयाँ प्रतिभा भित्र्याउन र आफ्नो सन्तुलन मिलाउन अवसर प्रदान गर्नेछ। एनपीएलले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Skip This
Skip This
Logo