खानेपानी र सिँचाइ समस्याको पहिचान गर्न सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन

खानेपानी र सिँचाइ समस्याको पहिचान गर्न सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएका स्थानहरूको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकमा उनले समस्याग्रस्त स्थानहरू पहिचान गर्न र पहिचान भइसकेका स्थानहरूको विवरण सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

तराईका विभिन्न जिल्लाहरूमा खानेपानी र सिँचाइको समस्या विकराल बनिरहेको सन्दर्भमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

उनले ती स्थानहरूको पहिचान गरी वैकल्पिक स्रोत र वैकल्पिक स्रोतहरूको वैज्ञानिक वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिए। उनले कुन-कुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थानहरू पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्ने कुरामा ध्यान दिन आग्रह गरे।

Logo