एसी मिलानले लिभरपुललाई हरायो

एसी मिलानले लिभरपुललाई हरायो

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । इटालीको क्लब एसी मिलानले क्लब मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुललाई ४-२ गोल अन्तरले हराउँदै प्रभावशाली प्रदर्शन गरेको छ ।

मिलानले खेलको १० औं मिनेटमा पोर्चुगीज स्टार राफेल लेआओको गोलमार्फत अग्रता लिएको थियो। लिभरपुलका डोमिनिक सोबोसलाईले २६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए, जसले गर्दा पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा मिलानले आफ्नो प्रभुत्व जमायो। इंग्ल्याण्डका मिडफिल्डर रुबेन लोफ्टस-चिकले ५२ औं मिनेटमा रोजोनेरीलाई पुनः अग्रता दिलाए। त्यसपछि स्विस फरवार्ड नोआ ओकाफोरले ५९ औं मिनेटमा गोल गर्दै मिलानको अग्रता बढाए।
ओकाफोर यतिमै रोकिएनन्, उनले ९४ औं मिनेटमा खेलको आफ्नो दोस्रो गोल गर्दै मिलानको जित सुनिश्चित गरे।

त्यसअघि ९३ औं मिनेटमा लिभरपुलका लागि कोडी गाक्पोले एक गाेल फर्काएका थिए ।

नयाँ खेलाडीहरूलाई समावेश गर्ने र रणनीतिहरूलाई परिष्कृत गर्ने उद्देश्यले आयोजित यो पूर्व-सिजनको खेलमा दुवै टोलीले आफ्नो क्षमता देखाउने अवसर हाे ।

Skip This
Skip This
Logo