काठमाडौं

स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि जननिर्वाचित दलित प्रतिनिधिहरूको व्यथा भने उस्तै छ । "/>

नमस्कारै व्यंग्य ठान्छन्, कालिकोटका दलित जनप्रतिनिधिहरु

नमस्कारै व्यंग्य ठान्छन्, कालिकोटका दलित जनप्रतिनिधिहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि जननिर्वाचित दलित प्रतिनिधिहरूको व्यथा भने उस्तै छ । जनप्रतिनिधि बन्नु अघि उनीहरूले समाजमा जे जस्ता समस्या भोगिरहेका थिए, त्यसमा कत्ति पनि परिवर्तन आउन नसकेको उनीहरूको अनुभव छ । आफू जस्तै अन्य जनप्रतिनिधिको गाउँमा छुट्टै सम्मान प्रत्यक्ष देखेका उनीहरूलाई जनप्रतिनिधिबीच नै गरिएको विभेदले नरमाइलो अनुभव सँगाल्न बाध्य बनाइरहेको छ ।

दलित अगुवाहरूको एक कार्यशालामा दलित वडा सदस्यदेखि उपप्रमुख वेदना सुनाउँदै आफूहरूले जनताको सेवामा काम गर्ने गरेको भए पनि गैरदलितबाट सम्मान नपाएको उनीहरूको अनुभव छ । कसैले आफूहरूलाई नमस्कार गरे पनि व्यंग्य मिश्रित हुने गरेको दलित जनप्रतिनिधिको अनुभव छ । तिलागुफा नगरपालिकाकी उपप्रमुख हुन , दन्ता नेपाली (दर्शना) । गैरदलितले आफूलाई नमस्कार गरे पनि व्यंग्यात्मक तवरले गर्ने गरेको उनको अनुभव छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि वडाध्यक्ष देखि माथिका जनप्रतिनिधिहरूमा यो समस्या देखिन थालेको छ । पुरानै संस्कृतिबाट हुर्केको समाजमा जातीय रूपमा दलितहरू प्रति हेर्ने दृष्टिकोण फरक भएका कारण सम्मानमा कन्जुस्याइँ हुने गरेको हो । नरहरिनाथ गाउँपालिका–६ माल्कोटका वडाध्यक्ष तुलराज विकको पनि भोगाइ त्यस्तै रहेको छ । वडा कार्यालयमा बसेर काम कारबाहीमा सहभागी हुँँदा गैरदलित सेवाग्राही आएमा अवहेलना हुने गरेको छ ।

उनले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले आयोजना गरेको जातीय विभेदका घटनाहरू अदालत तथा प्रहरी समक्ष पु¥याउने प्रक्रियामा सहकार्य गोष्ठीमा मन्तव्य दिँदै विश्वकर्माले आफूहरू पनि जनताको सेवा गर्ने भएकाले जातीय विभेद स्थानीय स्तर देखि माथिल्लो तहसम्म सबैमा कायम रहेको बताए ।

सामाजिक अगुवा तथा नेपाली कांग्रेस कुमाल गाउँका सभापति देवराज उपाध्यायले दलितहरूमा आफैंमा हिच्किचाहट कायम रहेकाले यसलाई हटाउनुपर्ने बताए । उनले आफैंमा हीनताबोध भएमा समाजमा अरूले हेप्ने प्रथाको सुरुवात हुने भएकाले आफैंमा सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।
राजधानीबाट

Logo