काठमाडौं । अमेरिकाको डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको एक उडानले टेकअफ रद्द गर्नुपरेको छ। अवतरण गियरमा आएको खराबीका कारण रनवेमा आगलागी र धुवाँ देखिएपछि आकस्मिक अवतरण रद्द गरिएको हो।
त्यसपछि यात्रुहरुको आकस्मिक उद्धार गरिएको थियो र विमानमा रहेका १७३ जना यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। अधिकारीहरूका अनुसार एक जनालाई सामान्य चोट लागेको छ।
बोइङ ७३७ म्याक्स ८ विमानद्वारा सञ्चालित एए-३०२३ उडान मियामीका लागि जाँदै गर्दा यो घटना भएको हाे ।
उद्धारको नाटकीय फुटेजमा यात्रुहरू त्रसित हुँदै विमानबाट तल स्लाइड गरिरहेको देखिन्थ्यो जबकि अवतरण गियरमा आगो बलिरहेको थियो। यात्रुहरू एक-एक गर्दै बाहिर निस्कँदा पूरै क्षेत्र धुवाँले भरिएको थियो।
डेन्भर विमानस्थलले जारी गरेकेा विज्ञप्तिमा यो घटना विमान रनवेमा छँदै भएको बताएको छ। विमानस्थलका फर्स्ट रेस्पोन्डर्स र डेन्भर दमकल विभागलाई खबर गरिएपछि यात्रुहरूलाई बाहिर निकालिएको थियो। “पाँच जनाको घटनास्थलमै जाँच गरियो र उनीहरूलाई अस्पताल लगिएन। एक जनाको गेटमा जाँच गरियो र उनलाई अस्पताल पठाइयो,” विज्ञप्तिमा भनिएको छ।
डेन्भर दमकल विभागले साँझ ५:१० बजेतिर आगो निभाइएको घोषणा गरेको थियो।































प्रतिक्रिया