काठमाडौं
प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन् । संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ । राजपाले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि नेता परिचालन गरेको हो ।
राजपाले भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाललाई सप्तरी खटाएको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायलाई सिरहा र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा खटाएको छ ।
राज्यमन्त्री डिम्पल झालाई महोत्तरी र सुरेश मण्डललाई रौतहट खटाएको छ । मधेस अन्दोलनमा असई थमन विकको हत्या अभियोग खेपिरहेका राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही खटाइएको छ ।
संविधान दिवसका दिन ३ असोजमा प्रदेश सरकारले वृक्षरोपणको तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को २८ भदौमा बसेको बैठकले वृक्षरोपण लगायत कार्यक्रम बनाएको हो । तर सत्तामा सहभागी दल राजपाले भने कालो दिवस मनाउने तयारी गरेको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया