काठमाडौं

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी सहित थप पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । "/>

सिआइबीका डिएसपी सहित इन्सपेक्टर र असई पनि निलम्बित : निर्मला हत्या प्रकरण

सिआइबीका डिएसपी सहित इन्सपेक्टर र असई पनि निलम्बित : निर्मला हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी सहित थप पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेमा जिसीसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन् ।

घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा सिफारिस गरे अनुसार थप अनुसन्धानका लागि प्रहरी अधिकारीलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् । यसअघि गृह मन्त्रालयले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलार्इ निलम्बन गरेको थियो । उनका अनुसार मन्त्रालयले प्रतिवेदनले औल्याएका अन्य केही संदिग्ध व्यक्तिहरुलाई पनि छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo