काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिगले दोस्रो पटक पनि नेपाल लगायत अन्तर्राष्ट्रिय खेलकुद जगतमा उदाहरणीय बनेर १०० भन्दा बढी महिलाहरूका लागि रोजगारी सिर्जना गरेको छ।
पहिलो संस्करणमा लिगले ७२ जना महिला खेलाडी, १५ जना व्यवस्थापन क्षेत्रमा, १० जना मिडिया क्षेत्रमा र ५ जना प्राविधिक क्षेत्रमा महिलालाई रोजगारीको अवसर दिएको थियो, र यो संख्या २०२५ को दोस्रो संस्करणमा अझै बढाउने योजनामा रहेको छ।
यससँगै, लिगले नेपालकै पहिलो र कनिष्ठ महिला खेलकुद लिग सीईओ, स्नेभी चापागाईंलाई नेतृत्वमा ल्याएर सशक्त सन्देश दिएको छ। त्यस्तै, सुबिक्षा खड्कालाई नेपालको खेलकुद इतिहासकै पहिलो महिला अक्सनियरका रूपमा चिनाएको छ, जसले १८ जुलाईमा आयोजित पहिलो महिला भलिबल अक्सनको संचालन गरिन्।
यी सबै तथ्यांकहरूले देखाउँछ कि लिग महिलालाई परम्परागत रूपमा पछाडि पारिएको खेल व्यवस्थापनमा समावेश गराउँदै समावेशी विकास र लैङ्गिक समानताको गहिरो प्रतिबद्धता दर्शाउँदै छ।
वात्सल्य एभरेस्ट महिला भलिबल लिगले खेलकुद प्रशासनमा परम्परागत संरचनालाई चुनौती दिँदै, महिलाहरूका लागि नेतृत्व र प्राविधिक भूमिकामा स्थान दिलाउने कार्य गरिरहेको छ। लिगले आफ्नो नारा #अबपालोमहिलाकोलाई सार्थक रुपमा जीवन्त बनाइरहेको छ।





























प्रतिक्रिया