कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ नगरिएको भन्दै कन्चनपुरमा दोश्रो चरणको आन्दोलन शुरु भएको छ । "/>

कञ्चनपुरमा दोश्रो चरणको आन्दोलन शुरु

कञ्चनपुरमा दोश्रो चरणको आन्दोलन शुरु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ नगरिएको भन्दै कन्चनपुरमा दोश्रो चरणको आन्दोलन शुरु भएको छ । देशका २३ भन्दा बढी ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ जनता भेला आयोजना भएकै दिन आजै कञ्चनपुरमा पनि दोश्रो चरणको आन्दोलन शुरु भएको हो ।

नेविसंघ कञ्चनपुरको नेतृत्वमा सुरू भएको आन्दोलनमा शनिबार महेन्द्रनगर बजार बन्द गर्नुका साथै चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले निर्मलाका वास्तविक हत्यारा पत्ता लगाउनु पर्ने, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूलाई कारवाही गर्नुपर्ने, प्रधानमन्त्रीले झुटो बोलेकोमा माफी माग्नुपर्ने, अनुसन्धानमा संलग्न सिआईबीको टोलीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।

निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो ।

Skip This
Skip This
Logo