निर्मला पन्तलाई न्याय दिने उद्धेश्यले अहिले देशका बिभिन्न क्षेत्रमा प्रदर्शन भैरहेका छन् । ‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तर्गत जनता भेला आयोजना गरिएको हो ।
राजधानी काठमाडौंको माइतिघरमा युवाहरूले स्वतःस्फुर्त विरोध र्याली निकालेका छन् । भेलामा सहभागीहरुले ५२ दिन बित्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको चर्को बिरोध गरेका छन् । स्वत स्फुर्त सडकमा आएका उनीहरुले ‘५० दिन नाघ्यो, न्याय कहाँ गयो ?’, ‘निर्दोषलाइ यातना, दोषीलाई उन्मुक्ति ?’, ‘सरकार देखाउ इच्छा, खै त महिला सुरक्षा?’ ‘ मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
अपराधी सार्वजनिक नगरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसद समेत अबरोध गरेको थियो । गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो । निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पन्त पनि न्याय माग्दै काठमाडौं आएका छन् ।





























प्रतिक्रिया