काठमाडौं । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई नेताबीच पार्टी कार्यालयमै कुटाकुट हुँदा एक गम्भिर घाइते भएका छन् ।
आइतबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा विद्यार्थी संगठनको छलफल चलिरहेका बेला अखिल क्रान्तिकारी सुदूरपश्चिमका प्रदेश इन्चार्ज रामचन्द्र भट्ट र माओवादीको भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह विष्टबीच कुटाकुट भएको हो। झगडाको कारण खुलेको छैन।
सो क्रममा भट्ट गम्भिर घाइते भएका हुन् । भट्टलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ। उनको टाउको र निधारमा चोट लागेको छ। बिष्टको नाकमा चोट लागेको छ। महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि प्रहरीले उनलाई अहिले नियन्त्रणमा राखेको छ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले भट्टमाथि आक्रमण गर्ने भीमदत्त नगर कमिटी सदस्य विष्टलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ।





























प्रतिक्रिया