काठमाडौँ

अधिकांश मन्त्रीले अपेक्षा अनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’ बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । "/>

मन्त्रीको मूल्यांकन अब अनलाइनबाटै : हरेक महिनाको ७ गते परीक्षा

मन्त्रीको मूल्यांकन अब अनलाइनबाटै : हरेक महिनाको ७ गते परीक्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अधिकांश मन्त्रीले अपेक्षा अनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’ बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोज देखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो  । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्री कार्यालयले अब सबै मन्त्रालयको कामको मूल्यांकन अनलाइनबाट गर्ने भएको छ । ‘डिजिटल सिस्टम’ बाट मन्त्रालयको मूल्यांकन असोज देखि कार्यान्वयनमा ल्याउने तयारी भएको हो । सबै मन्त्रीको ‘पर्फर्मेन्स’ अनलाइनबाट प्रत्यक्ष मूल्यांकन गर्न सक्ने गरी प्रधानमन्त्री कार्यालयले छुट्टै सफट्वेयरको विकास गरेको छ ।

हरेक मन्त्रालयले गत साउन पहिलो साता प्रस्तुत गरेको वार्षिक कार्ययोजना अनुसार काम गरे–नगरेको मूल्यांकन हुने भएकाले मन्त्रीहरू स्वयं हरेक महिना परीक्षामा सामेल हुनेछन् । प्रधानमन्त्री ओलीको निर्देशन अनुसार यस्तो सफ्टवेयर सञ्चालनमा आइसकेकाले प्रत्येक महिनाको ७ गते भित्र मन्त्रीहरूको कामको परीक्षा हुनेछ ।

१ असोजबाटै सञ्चालन हुने उक्त अनलाइनमा हरेक मन्त्रालयले आफ्नो कामको प्रगति विवरण ७ गते भित्र राख्नु पर्नेछ । त्यसरी प्रगति विवरण राखिएपछि कुन महिनामा के–के काम गर्ने उल्लेख थियो, त्यस अनुसार कति बजेट खर्च भयो, सफट्वेयर मार्फत नै मूल्यांकन हुनेछ । मन्त्रालयहरूले कार्ययोजना अनुसार कति काम गरे भन्ने आधारमा अनलाइनमै नतिजा समेत राखिनेगरी सफट्वेयरको विकास गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo