नुवाकोट

जिल्लाको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । "/>

नुवाकोटका तीन जना किशोरी दस दिन देखि सम्पर्क विहीन

नुवाकोटका तीन जना किशोरी दस दिन देखि सम्पर्क विहीन

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

जिल्लाको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । हराउनेमा १८ वर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ वर्षीया सम्झना तामाङ र १७ वर्षकै हसिना भन्ने माया तामाङ छन् । उनीहरु श्रीकृष्ण जन्माष्टमीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए ।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराए पनि अहिलेसम्म घर नफर्किएको शर्मिलाका बुवा सेम्बरबहादुर तामाङले बताए । तामाङका अनुसार इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर बेपत्ता भएकाको खोजी गरिदिन आग्रह गरिएको छ ।

‘गाउँबाट अहिलेसम्म बाहिर कतै गएका थिएनन् । हराएको १० दिन बितिसक्यो । प्रहरीलाई खबर गराए पनि केही जानकारी आएको छैन,’ तामाङले भने, ‘जमाना ठीक छैन । न कतै बिचल्लिमा परेका छन् कि, पिरै पिर छ ।’

जिल्लासँग जोडिएका सबै नाकामा उनीहरुको खोजी भइरहेको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले बताए । तीन किशोरीले बोक्ने गरेको मोबाइलको ‘कल डिटेल’ लिने क्रममा रहेकाले त्यसपछि पहिचानका लागी केही सहज हुने विश्वास प्रहरीले लिएको छ ।
नागरिकबाट

Logo