काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणमा प्रक्रिया नमिलेकाे स्पष्ट पारेको छ।
यही साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन (अपानि–१२) जारी गर्दै एमालेले भण्डारी सिङ्गै राष्ट्रको नेता भइसकेकाले अब पार्टीको कार्यकर्ता बन्न नहुने बताएकाे हाे । ‘पूर्वराष्ट्रपति राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हुँदैन,’ अपानिमा उल्लेख छ, ‘सिङ्गै राष्ट्रको नेता भएकी व्यक्तिलाई कार्यकर्ता बनाउनु एमालेको मान्यताविपरीत हुन्छ।’
भण्डारी राष्ट्रको नेता भएकाले सक्रिय राजनीतिमा आउन नहुने र एमालेले कार्यकर्ता बनाउन नहुने तथा अध्यक्ष भए पनि कार्यकर्ता नै हुने एमालेको भनाइ छ । ‘सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।’
पूर्णपाठ-































प्रतिक्रिया