नेप्से परिसुचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो

नेप्से परिसुचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से परिसुचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।

यस दिन साढे १२ बजे सम्म नेप्से परिसुचक ४३.६६ अंकले बढेर ३०१४.९७ मा पुगेको छ । यस अवधिसम्म ७ अर्ब ६४ करोड ७७ लाख ७३ हजार ५६२ रुपैयाँ बराबरको १ करोड ७२ लाख ९४ हजार ५९९ कित्ता शेयर कारोबार भइसकेको छ । त्यसैगरी मुक्तीनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसअघि गतवर्ष साउनमा तीन हजार बिन्दुमा पुगेको नेप्से त्यसपछि भने बढ्न सकेको थिएन । तर, चालु आवको मौद्रिक निती सावर्जनिक भएपछि सकारात्मक देखिएको शेयर बजार उत्साहजनक रुपमा अघि बढीरहेको छ ।

Skip This
Skip This
Logo