नेपाल जेसिजको आयोजनामा दक्षिण एसियाली युवा नेताहरु काठमाडौंमा जमघट हुने

नेपाल जेसिजको आयोजनामा दक्षिण एसियाली युवा नेताहरु काठमाडौंमा जमघट हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल जेसिजको आयोजनामा पहिलो पटक दक्षिण एसियाली युवा नेताहरुको काठमाडौंमा ऐतिहासिक जमघट हुने भएको छ । साउथ एसियन एकेडेमी फर इन्टरनेशनल लिडरशिप (साआईल नेपाल, २०२५) कार्यक्रममा भाग लिन दक्षिण एसियाली मुलुकका युवा नेताहरु नेपाल आउने भएका हुन् ।

यहीँ जुलाई ३१ देखि अगस्ट ३ सम्म काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा कार्यक्रमको आयोजना गरिने आयोजक नेपाल जेसिजले जानकारी दिएको छ । कार्यक्रममा दक्षिण एसियाली देशहरु नेपाल, भारत, बंगलादेश र श्रीलंकाका युवा नेताहरु सहभागि हुनेछन् भने उनीहरुबीच क्षमता अभिवृद्धि, क्षेत्रीय सहकार्य र अन्तरसांस्कृतिक समझदारीलाई बलियो बनाउने उद्देश्यसाथ वृहत् छलफल तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको नेतृत्व पूर्व राष्ट्रिय अध्यक्ष–२००१ तथा जेसिज सिनेटर प्रज्ञा राज राजभण्डारीले कार्यक्रम निर्देशकको भूमिकामा गर्नेछन् भने अध्यक्षता नेपाल जेसिजकी वर्तमान राष्ट्रिय अध्यक्ष रजनी थापाले गर्ने छिन् ।

कार्यक्रमका मुख्य आकर्षणहरु
–नेतृत्व विकास सत्रहरु
–उद्यमशीलता र परियोजना व्यवस्थापन सम्बन्धी कार्यशालाहरु
–अन्तरसंस्कृतिक आदानप्रदान, संस्कृति र पहिचानको सम्मान
–विश्व सम्पदास्थलहरुको भ्रमण तथा पर्यटन प्रवद्र्धन

​जेसिज इन बिजनेश विशेष सत्र, श्रीलंकाका राजदूतावास तथा महामहिम राजदूत पूर्ण बहादुर नेपालीको आतिथ्यमा साआइल–२०२५ एसपीएससी २०२५ (मंगोलिया) मा सम्पन्न चार राष्ट्रबीचको समझादारी अनुरुपको पहिलो कार्यक्रम हो । जसले दक्षिण एसियाली युवाहरुबीच दीर्घकालीन नेटवर्किङ र साझेदारीको मार्ग खोल्ने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo