आगामी कात्तिक ८ गतेदेखि सुरु यु–१५ पुरुष साफ च्याम्पीयनसिप नेपालमा आयोजना हुने भएको छ । आज सार्वजनिक भएको खेल तालिका अनुसार आयोजक नेपाल समूह बि मा परेको छ ।
खेल तालिका अनुसार नेपाल बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह बि मा परेको छ । यस्तै समूह ए मा भारत, भुटान र श्रीलंका छन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको छ।
नेपालले पहिलो खेल कात्तिक ८ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १० गते माल्दिभ्स र अन्तिम खेल १२ गते बंगलादेशसँग खेल्नेछ ।
हेर्नुहोस् तालिका
































प्रतिक्रिया