राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा जोसुकै भए पनि कारवाही हुनुपर्ने बताएकी छन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताइन ।
शिक्षा, स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै उनले बालमैत्री संरचना आवश्यक रहेकोमा जोड दिइन । उनले बालबालिकाको हक, अधिकार सुनिश्चित गर्नका लागि केही कानुन परिमार्जन गर्नुपर्ने औंल्याइन ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिका देशका कर्णधार भएकाले उनीहरुको हितमा राज्यले काम गर्ने बताइन ।































प्रतिक्रिया