काठमाडाैं । फ्रेन्च फुटबलका स्टार किलियन एमबाप्पेले रियल म्याड्रिडमा आगामी २०२५-२६ ला लिगा सिजनका लागि आधिकारिक रूपमा प्रतिष्ठित १० नम्बर जर्सी पाउने भएका छन्। लुका मोड्रिचको बहिर्गमनपछि यो जर्सी खाली भएको थियो। एमबाप्पेले आफ्नै एक्स खातामा ‘१०’ लेखेर यसकाे घोषणा गरेका हुन् ।
रियल म्याड्रिडमा १० नम्बरको जर्सी लगाउनु सानो सम्मान होइन। यो जर्सी लुका मोड्रिच, लुइस फिगो, मेसुट ओजिल, क्लेरेन्स सीडोर्फ र राओल जस्ता दिग्गज खेलाडीहरुले आफ्नो सुरुवाती दिनहरूमा लगाएका थिए। यो नम्बर मैदानमा रचनात्मकता, प्रभाव र नेतृत्वको प्रतीक मानिन्छ।
फ्रान्सेली राष्ट्रिय टोलीमा पनि १० नम्बरको जर्सी लगाउने एमबाप्पेका लागि यो छनोटले क्लबको नयाँ पोस्टर ब्वाइका रूपमा उनको प्रतिष्ठा र विश्वव्यापी बजार मूल्यलाई अझ उकासेको छ।
एमबाप्पेले १० नम्बरको जर्सी लिएपछि यता प्रतिष्ठित ९ नम्बरको जर्सी अहिले खाली भएको छ। यसलाई विरासतमा पाउने सम्भावित उम्मेदवारहरूमा चाँडै क्लबमा सामेल हुने ब्राजिलियन युवा खेलाडी एन्ड्रिक र युवा स्ट्राइकर गोन्जालो रहेका छन्।































प्रतिक्रिया