बागमतीमा ३ मन्त्री नियुक्त, बाँकी दुई जनाको पनि नाम टुंग्याउने तयारीमा मुख्यमन्त्री लामा

बागमतीमा ३ मन्त्री नियुक्त, बाँकी दुई जनाको पनि नाम टुंग्याउने तयारीमा मुख्यमन्त्री लामा

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रिक्त पाँच वटा मन्त्रालयमा आजै पाँच मन्त्री नियुक्ति गर्ने थालेका छन् ।

लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरिसकेका छन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । अन्य दुई मन्त्रीको आजै नियुक्त हुने बताइएको छ ।

संसदीय दलको नेताको मत विभाजनमा सांसद श्रेष्ठले मुख्यमन्त्री लामाको पक्षमा उभिएकी थिइन् । उनी र गीता गुरुङ दुई जना चितवनबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद हुन् । भने गोविन्द लम्साल धादिङ जिल्लाका हुन् ।

यसअघि मुख्यमन्त्री लामाको विपक्षमा उभिनेगरी पाँच जना मन्त्रीले राजीनामा दिएका थिए । अहिले कांग्रेसको भागमा परेको पाँच मन्त्रालय रिक्त छ । पाँचै मन्त्रालयमा एकैसाथ मन्त्री नियुक्ति गर्ने गरी बाँकी दुई जनाको पनि टुंगो लगाउन लामा तयारीमा जुटेका हुन् ।

Skip This
Skip This
Logo