काठमाडौं । राष्ट्रियसभा बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको बैठकमा उनी पनि सहभागी छन् । मन्त्रीहरु पनि सहभागी छन् ।
तर बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा प्रधानमन्त्री ओलीकै छेउमा मन्त्रीहरू निदाएकाे तस्विर भाइरल भएकाे छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको अवस्थामा देखिएका छन्।
यसरी बैठकमा सांसद,मन्त्रीहरु निदाउँदा निकै आलोचित बन्ने गरेका छन् ।





























प्रतिक्रिया