कास्कीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कास्कीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

केन्द्रबिन्दु
6
Shares

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा आज पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

घाचोकको लस्तीखोलास्थित हेमजा–माछापुच्छ्रे सडक खण्डमा बिहान खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सो स्थानमा बिहान ९ः३० बजे पहिरो गएको थियो । दिउँसो २ः२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे –३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखराका मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

Skip This
Skip This
Logo