काठमाडौँ । काठमाडौँको पेप्सिकोला नजिक पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
गएराति पौने नौ बजेतिर भएको उक्त दुर्घटनामा काभ्रेको रोसी गाउँपालिका- ३ घर भएका २५ वर्षीय नवराज तुमसिङको मृत्यु भएको हाे । छाप्रोमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा.प्र ०१-००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको बा.प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकको पछाडि सवार तुमसिङ गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको रोसी-३ कै २६ वर्षीय सन्तोष मगर घाइते भएको छन् भने ट्यांकर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले पक्राउ गरेको छ।































प्रतिक्रिया