दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

केन्द्रबिन्दु
39
Shares

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । धेरै पटक पूर्वराष्ट्रपति युनले उपस्थित हुन अस्वीकार गरेपछि उहाँलाई सोधपुछका लागि जबरजस्ती ल्याउन जारी वारेन्टले अभियोजकहरूलाई सक्षम बनाएको छ ।

युन र उनकी श्रीमती, पूर्व प्रथम महिला किम केओन हीको अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमा भने, “पूर्वराष्ट्रपति युन सुक येओलका लागि आज गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।”

युनले डिसेम्बर ३ मा नागरिक शासनलाई अन्त्य गर्न खोज्दा दक्षिण कोरियालाई राजनीतिक सङ्कटमा पारे र सांसदहरूले उनको मार्शल कानूनको घोषणालाई मतदान गर्नबाट रोक्नका लागि संसद्मा सेना पठाएका थिए ।धेरै सातासम्म गिरफ्तारीको विरोध गरेपछि हिरासतमा लिइएको थियो ।

Skip This
Skip This
Logo