अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले आफ्नै श्रीमतीसहित ५ जनाको हत्या गरि आत्महत्या गरेका छन् । बुधवार लस एन्जेलसबाट उत्तरतर्फ रहेको बेकर्सफील्डस्थित एक घर, कार्यालय, सडकमा उक्त घटना भएको हो ।
ति व्यक्तिले सुरुमा ट्रक कम्पनीका मानिसलाई गोली हाने अनि त्यसपछि पत्नीलाई गोली प्रहार गरे । लगतै उनले त्यहा आएका अरु मानिसलाई पनि अन्धाधुन्ध गोली हने । फेरि उनी उटा घरमा गए र दुईजनालाई गोली हाने । त्यसपछि उनले बच्चा राखेर गाडी चलाइरहेकी एक महिलाको कार अपहरण गरे । ति महिला र बच्चा भागेपछि बन्दुकधारीले आफैलाई गोली हानेर आत्महत्या गरे ।
अहिलेसम्म ती बन्दूकधारीको पहिचान सार्वजनिक गरिएको छैन ।





























प्रतिक्रिया