काठमाडौं । काठमाडौंको घट्टेकुलोमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएको छ । लामो समयको स्थगनपछि शुक्रबारदेखि यस कलेजले पुनः सेवा सञ्चालन गरेकाे हो ।
मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउने उद्देश्यका साथ यस कलेजलाई पुन: सञ्चालनमा ल्याइएको कलेजका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीले बताए । उनका अनुसार अस्पतालले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपिडी सेवा प्रदान गर्ने भएको छ ।
सुरुमा १०० बेडको स्टार्ट गर्ने र पछि बिस्तारै बढाउँदै ५०० बेडसम्म पुर्याउने उनले बताए ।
अस्पतालले बहिरंग (ओपिडी) सेवाका अतिरिक्त अन्य विभिन्न विशेषज्ञ सेवाहरूमा पनि विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत जेनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, र नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवाहरूमा छुट उपलब्ध हुनेछ ।

त्यस्तै, अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने भएको छ । जसमा एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे र फिजियोथेरापी जस्ता सेवाहरूमा पनि विशेष छुट दिइने जनाएको छ । बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ ।
यहाँ जनरल उपचार, न्यूरोकार्डियो, युरो, लिभर ट्रान्सप्लान्ट, किड्नी ट्रान्सप्लान्ट, ओन्कोलोजी, क्यान्सरका यी सबै व्यवस्था गर्दै जाने मेडिकलले जनाएको छ । त्यसैगरी, आपतकालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ। ताथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ ।
यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेज सञ्चालनमा ल्याएको हो।































प्रतिक्रिया