वीरगन्ज

तत्कालिन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका त्यत्तिबेलाका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ । "/>

पूर्वसभासद प्यासीलाई सर्वश्व सहित जन्मकैदको फैसला : आलम हत्या प्रकरण

पूर्वसभासद प्यासीलाई सर्वश्व सहित जन्मकैदको फैसला : आलम हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

तत्कालिन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका त्यत्तिबेलाका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ ।

तत्कालीन एमालेका केन्द्रीय सदस्य समेत रहेका आलमको हत्यामा उनको संलग्नता रहेको भन्दै जिल्ला अदालत बाराले उनलाई १० बर्षको जेल सजाय सुनाएपछि उनी वीरगन्जमा जेल जीवन बिताइ रहेका थिए । अदालतको फैसला बमोजिम २०७३ वैशाख १५ गते देखि जेल सजायँ काटिरहेका प्यासीलाई उच्च अदालत वीरगन्जले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३, (४) बमोजिम फैसला सुनाएको हो ।

उक्त महलको १३ (४) मा जन्मकैदको व्यवस्था रहेको छ । आलमकी पत्नी नेजमाले दिएको पुनरावेदनमा एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई उक्त फैसला सुनाएको इजलास अधिकृत श्रीदीप वाग्लेले जानकारी दिए ।

आलम हत्यामै जिल्ला अदालत बाराबाट जन्मकैदको फैसला पाएका मनोज भनिने रवी पाण्डेलाई अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम कसुर ठहर गरेको छ । इजलास अधिकृत वाग्लेका अनुसार पाण्डेको हकमा तत्काल कसुर ठहर भएको र अर्को इजलासबाट सजाय फैसला हुनेछ । आलम हत्याको घटनामा प्रयोग भएको भारतीय मोटरसाइकल पाण्डेले चलाएका थिए । उनी जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएपछि वीरगन्ज काराकारमा जेल सजाय काटिरहेका छन् ।
नेपाल समाचारपत्रबाट

 

Skip This
Skip This
Logo