काठमाडौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढङ्गको रहेको बताउनुभएको छ । "/>

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिकः गृहमन्त्री

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिकः गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढङ्गको रहेको बताउनुभएको छ ।

अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग बुधबार गृहमन्त्रालयमा भएको भेटमा उहाँले भन्नुभयो, “शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।”

गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको उल्लेख गर्दै अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदाहरणीय रहने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक युद्धका कारण हुन्छन्, ती कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ, त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।”

सो अवसरमा अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन र संविधान लेखन प्रक्रियाका बारेमा गृहमन्त्री थापासँग चासो राख्नुभएको गृह मन्त्रालयले जनाएको छ । नेपालको शान्ति प्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको पनि उहाँहरुले जानकारी दिनुभयो ।
रासस

Logo