काठमाडौं । केही समयअघि मात्रै एसईईको नतिजा प्रकाशन भएको छ । नतिजा प्रकाशन भएसँगै विद्यार्थीलाई प्लस टु अध्ययनका लागि कुन शैक्षिक संस्था रोज्ने भन्ने द्धिविधा हुनसक्छ । यसै विषयलाई मध्यनजर गरी नेपालमा प्लस टु शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र भविष्यमा शिक्षा क्षेत्र कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर केएमसी बालकुमारी, ललितपुरका निर्देशक सुरेन्द्र सुवेदीसँग केन्द्रबिन्दुका लागि सरीता चौधरीले गरेकाे विशेष कुराकानी-
अहिलेको शिक्षा समय सान्दर्भिक छ, तपाईंको अनुभवले के बताउँछ ?
-ज्ञान कहिल्यै पुरानो हुँदैन, २१ औं शताब्दीभन्दा अगाडिका शिक्षालाई त्यही छोड्ने भन्ने होइन । समय परिवर्तनसँगै त्यो भन्दा फराकिलो नयाँ खालको शिक्षा दिनुपर्छ । पाठ्यक्रमको हिसावले विश्वकै शिक्षालाई हेर्ने हो भने नेपालको शिक्षा धेरै पछाडी छैन । तर शिक्षण सिकाईका लागि पूर्वाधार, दक्ष र अनुभवी मानव संशाधन, प्रयोगशालाको विषयलाई हेर्ने हो भने जति हुनुपर्ने हो त्यति देखिँदैन । शैक्षिक सुधारका लागि गर्नुपर्ने विषय धेरै छन् । काठमाडौं मोडल कलेजको कुरा गर्ने हो भने, विश्वस्तरीय बनाउने प्रयासमा छौं । समाजमा केके विषय आइसके, तर पाठ्यक्रममा समावेश भएको छैन भने ति विषयवस्तुलाई पनि समावेश गरेर अगाडि बढ्न आवश्यक छ ।
केएमसी नेटवर्कको परिकल्पना कसरी भएको थियो ?
-केएमसीको परिकल्पना गरिएको समयमा एसएलसी पछि विश्वविद्यालय शिक्षा सुरु हुन्थ्यो । तर नेपाल सरकारबाट आइ, आइएल, आइएसी फेजआउट हुँदै गए । त्यो अवस्थामा सरकारले कक्षा ११ र १२ का लागि राम्रो लगानी गरेर गुणस्तर शिक्षा प्रदान गर्न सकेको अवस्था थिएन । त्यो परिपेक्षमा काठमाडौं मोडल कलेज हाइयर सेकेन्डरी स्कुलको रुपमा स्थापना भएर शैक्षिक यात्रा सुरु भएको हो ।
कुनै विद्यार्थी परीक्षामा राम्रो अंक ल्याएर मात्र सफल हुन सक्दैन, ज्ञानसँगै सिप र व्यवहार पनि चाहिन्छ ।
केएममसीको धारणा भनेको शैक्षिक जगतमा जे छ त्यो भन्दा फरक शिक्षा विद्यार्थीलाई दिने । लक्ष्य नै के हो भने ‘एकेडेमिक एक्सिलेन्स थ्रु क्वालिटी एजुकेसन’ । केएमसी नेटवर्कको स्थापना शिक्षा पेशामै आबद्ध भएका व्यक्तित्वहरुबाट भएको हो ।मेडिकल, इन्जिनियरिङ विधा त्यसैगरि विश्वका प्रख्यात विश्वविद्यालयमा केएमसीमा अध्ययन गरेका विद्यार्थीहरु अब्वल सावित भएका छन् । यसले केएमसी नेटवर्कको २५ वर्षे यात्राको दौरानमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउन सफल भएको छ ।
काठमाडौं मोडल कलेजमा शैक्षिक गतिविधीहरु कसरी सञ्चालन भैरहेको छ ?
-कक्षा ११ र १२ को अध्ययनपश्चात विद्यार्थीले कुन क्षेत्रमा जान चाहेको हो, सोहीअनुसार विद्यार्थीलाई उच्च शिक्षाको लागि तयार पार्ने विषयलाई केएमसीले प्राथमिकतामा राखेको छ । जसका कारण केएमसीमा प्लस टु अध्ययन गरेका विद्यार्थीहरु मेडिकल अध्ययनका लागि आइओएम र इन्जिनियरिङ अध्ययनका आइओईमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । समग्र क्षेत्रका लागि योग्य र दक्ष विद्यार्थी केएमसीले उत्पादन गर्दै आएको छ ।
कुनै विद्यार्थी परीक्षामा राम्रो अंक ल्याएर मात्र सफल हुन सक्दैन । ज्ञानसँगै सिप र व्यवहार भयो भने मात्र ऊ सफल हुनसक्छ । यी यावत् विषयलाई मध्यनजगर गरी केएमसीले शिक्षा प्रदान गरिरहेको छ । विशेषगरी केएमसीले ज्ञान, सिप र व्यवहारमा केन्द्रित रहेको छ ।
कक्षा ११ र १२ को शिक्षा भनेको विश्वविद्यालयको शिक्षाका लागि आधार स्तम्भ हो ।
केएमसी कलेजले कस्तो शिक्षालाई प्राथमिकतामा राखेको छ ?
-केएमसी कलेजले कक्षा ११ र १२ का विद्यार्थीमा नेतृत्व क्षमतालाई कसरी विकास गर्ने विषयमा जोड दिएको छ । सिकाई कक्षाकोठा भित्र मात्र हुँदैन । कक्षाकोठाको सिमा बाहिर पनि सिकाई हुन्छ भनेर विभिन्न क्लवको निर्माण गरिएको छ ।
विद्यार्थीको कमिटीले नै ति क्लवहरुको निर्माण गरेका छन् । त्यसैगरी कक्षाकोठामा आज के पढाई हुने त्यस विषयमा विद्यार्थीहरुलाई अगाडि नै जानकारी गराइन्छ र स्वअध्ययन गरेर आउन भनिन्छ ताकी सो विषय विद्यार्थीलाई नौलो नलागोस् । किनकी यसरी पढाउँदा पनि शिक्षण सिकाई प्रभावकारी हुन्छ ।
केएमसी मोडल कलेज काठमाडौंको बागबजार र ललितपुरमा पनि रहेको छ, कतिपयलाई दुईवटै कलेज एउटै होकी भिन्न हो द्धिविधा हुन सक्छ, प्रष्ट पारिदिनु होस् !
-काठमाडौं मोडल कलेजको त्यही लोगो भएको तीन वटा संस्था छन् । काठमाडौं मोडल कलेजमा त्रिविका शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । यसमा बिबिए, बिबिएम, बिसिए, बिए साइकोलोजी, सोसल वर्क, बिबिएस । त्यसैगरी स्नातकोत्तरमा एम ए इंग्लिस र एमबीएसका कोर्षहरु सञ्चालनमा रहेका छन् ।
समय परिवर्तनसँगै केएमसी कलेजले भौतिक संरचनामा पनि ठुलो फड्को मारेको छ ।, अन्तर्राष्ट्रिय पाहुनाले तारिफ गर्ने गरेका छन् ।
प्लस टु बागबजार र बालकुमारीमा रहेको छ । बागबजारमा २५ वर्ष देखि छ भने बालकुमारीमा ११ वर्ष देखि सञ्चालनमा रहेको छ । भक्तपुर, लिलितपुर र उपत्यका बाहिरका र शान्त वातावरण रुचाउने विद्यार्थीका लागि लतिपुरको बालकुमारी रहेको छ र हरेक वर्ष ५०० विद्यार्थी भर्ना क्षमता रहेको छ । लामो समय देखि विरासत बोकेको केएमसी बागबजार काठमाडौंको मुटुमा रहेको छ । जहाँ देशभरिकै विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । केएमसीले विद्यार्थीलाई पायक पर्ने गरि सहज र सरल रुपमा शिक्षा प्रदान गरिरहेको छ ।
केएमसीको भौतिक संरचना कस्तो रहेको छ ?
-समय परिवर्तनसँगै केएमसी कलेजले भौतिक संरचनामा पनि ठुलो फड्को मारेको छ । सरकारी संयन्त्रबाट कुनै व्यक्तित्व होस् वा अन्तर्राष्ट्रिय पाहुना आएको बेला नेपालमै यस्तो लगानी भएर शैक्षिक संस्थाको भौतिक संरचना निर्माण भएको भनेर तारिफ गर्ने गरेका छन् । केएमसीले भौतिक संरचनामा कुनै कसर बाँकी राखेको छैन । डिजिटल कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, पर्याप्त पुस्तकालयको व्यवस्था रहेको छ ।
आईटी शिक्षामा कलेजले के गरिरहेको छ ?
-केएमसी कलेजले नेपालमा पहिलोपटक युकेको नेशनल कम्प्युटिङ कोर्स (एनसीसी) सञ्चालन गरिरहेको छ । यो भनेको युकेको सिटिइभिटिको कोर्स भने जस्तै हो । केएमसीले विगत ५ वर्ष देखि उक्त कार्ष विद्यार्थीलाई पढाउँदै आएको छ । यो भनेको एआईमा आधारित अध्ययन हुने कोर्स हो । जस अन्तर्गत साइबर सेक्युरिटी एण्ड इथिकल ह्याकिङ, डाटा साइन्स, एआई, मल्टिमिडियाको सेक्टरमा डिजिटल मार्केटिङका कोर्सहरु सञ्चालनमा छन् ।
पछिल्लो समय आईटी अध्ययन गरेका विद्यार्थीको माग विश्वव्यापी रुपमै बढेको छ । आइटी अध्ययन गरेका विद्यार्थीले पढ्दै कमाउँदै गर्ने गरेका छन् । आईटीका कोर्सहरु केएमसी बागबजार र केएमसी कुमारीपाटी दुईवटै कलेजहरुमा पढाई हुन्छ ।
केएमसी अध्ययन गरेका विद्यार्थीको उपलब्धी कस्तो पाउनु भएको छ ?
-देशभरकै मेडिकल कलेजमा हेर्ने हो भने सबैभन्दा धेरै विद्यार्थी केएमसीमा प्लस टु अध्ययन गरेका विद्यार्थीहरु छन् । ति विद्यार्थीहरु इन्ट्रान्समा उत्कृष्ट अंक ल्याएर फुल स्कलरसिपमा वा शुल्क तिरेर अध्ययन गरिरहेका छन् । मेडिकल क्षेत्रमा मात्र होइन, इन्जिनियरिङ अध्ययन संस्थानमा पनि केएमसीमा अध्ययन गरेका विद्यार्थी अब्बल सावित भएका छन् । बैंकिङ क्षेत्र, इन्स्याेरेन्स कम्पनीहरुमा पनि राम्रो पोष्टमा कार्यरत छन् । विद्यार्थीले हासिल गरेका ति उपलब्धीहरु केएमसीको कारण भएको होइन, कलेजको काम भनेको विद्यार्थीका लागि मेहनत गर्ने वातावरण सिर्जना गरिदिने हो । यो सबै सम्भव भएको विद्यार्थीको मेहनत र लगनशिलताले हो ।
विद्यार्थीले सुरुमा भविष्यमा के बन्ने भन्ने ध्यान दिन आवश्यक छ, त्यस पछि मात्र कुन कलेजमा अध्ययन गर्ने योजना बनाउनु पर्छ ।
विद्यार्थीहरुले केएमसी कलेज नै किन रोज्ने ?
-केएमसी कलेजको खास विशेषता भनेको शैक्षिक नतिजा हो । कलेजले विद्यार्थीलाई दक्ष बनाउनका लागि अपनाएको शिक्षण विधि अर्काे महत्वपूर्ण विषय हो । विद्यार्थीले मैले पढ्नुपर्छ भन्नेमा मात्र होइन, करियर केमा बनाउने हो, के गरेर समाजमा प्रतिष्ठा आर्जन गर्ने हो, यी यावत् विषयलाई मध्यनजर गरी केएमसी अगाडि बढिरहेको छ । युग सुहाउँदो, विद्यार्थी सुहाउँदो, समाज सुहाउँदा शिक्षा कलेज प्रदान गरिरहेको छ । त्यसैले विद्यार्थीको रोजाइमा पर्दै आएको छ । यसको श्रेय म्यानेजमेन्ट टिम र मेहेनती शिक्षकहरुलाई जान्छ ।
प्लस टु अध्ययनका लागि कलेज छनौट गर्दा के-के कुरामा ध्यान दिनुपर्छ, विद्यार्थीलाई तपाईंको सुझाव के रहेको छ ?
-कक्षा ११ र १२ को शिक्षा भनेको विश्वविद्यालयको शिक्षाका लागि आधार स्तम्भ हो । सर्वप्रथम त विद्यार्थीले भविष्य निर्माणका लागि कुन क्षेत्रमा जाने हो निर्णय गर्न आवश्यक छ । स्नातकमा इन्जिनियरिङ अध्ययन गर्ने हो भने म्याथ अनिवार्य चाहिन्छ । त्यसैले कुन क्षेत्रमा जान चाहेको हो त्यहि अनुसार निर्णय लिनुपर्छ ।
विद्यार्थीले सुरुमा कुन कलेज पढ्ने भन्दा पनि भविष्यमा के बन्ने भन्ने ध्यान दिन आवश्यक छ । त्यस पछि मात्र कुन कलेजमा अध्ययन गर्ने योजना बनाउनु पर्छ । अध्ययनका लागि काठमाडौं उपत्यका नै आउनुपर्छ भन्ने छैन । उपत्यका बाहिर पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने क्याम्पसहरु रहेका छन् । मिलेसम्म नजिकैको शैक्षिक संस्थामा अभिभावकसँगै बसेर अध्ययन गर्दा राम्रो हुन्छ । यदि काठमाडौं आउने हो भने, किन आएको हु भन्ने बिर्सिने छुट कुनै विद्यार्थीलाई छैन । काठमाडौंमा पनि बाहिरका कलेज भन्दा नराम्रा कलेजहरु पनि छन् । त्यसैले कलेजको नतिजा, शैक्षिक उपलब्धी, भौतिक पूर्वाधार, शिक्षण विधिको आधारमा कलेज छनौट गर्नुपर्छ ।































प्रतिक्रिया