छानबिन समितिका सदस्य वीरेन्द्र केसीद्वारा राजीनामा फिर्ता

छानबिन समितिका सदस्य वीरेन्द्र केसीद्वारा राजीनामा फिर्ता

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनका लागि बनेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले दिएको राजीनामा फिर्ता लिएका छन् । केसीले आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिज्ञप्ति जारी गर्दै आफूले राजीनामा फिर्ता लिएको बताएका छन् ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सरकारले निर्मला पन्त हत्याको घटना छानबिन गर्न समिति गठन गरेको थियो । १५ दिनको समयसीमा लिएर काम थालेको टोलीले तयार भएको प्रतिवेदन समयमै नबुझाएको भन्दै केसीले राजीनामा दिएका थिए ।

केसीले जारी गरेको विज्ञप्तिमा ‘निर्मला पन्तलाई न्याय दिलाउने सवालमा मन्त्रालय र समितिको धारणासमेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य रहेकाले फेरि छानबिन कार्यमा संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेर समितिमा फर्केको उल्लेख छ । केसी प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत हुन् । 

बालिका पन्तको उखुबारीमा शव भेटिएको थियो । 

 

Skip This
Skip This
Logo