तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
21
Shares

२०८२ श्रावण १८ देखि २४ सम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

मेष राशिका लागि यो हप्ता तपाईंका लागि उत्साह र नयाँ ऊर्जाले भरिपूर्ण रहनेछ । अधुरा कामहरू पुरा हुनेछन् र करियरमा राम्रो अवसरहरू प्राप्त हुने सम्भावना छ। आत्मविश्वास बलियो हुनेछ र कुनै पनि चुनौतीलाई सजिलै सामना गर्न सक्ने स्थिति आउनेछ।

पुराना सम्पर्कहरू पुनः सक्रिय हुन सक्छन् जसले नाफा ल्याउनेछ। नयाँ सम्झौताहरू लाभदायक साबित हुन सक्छन्। वरिष्ठहरूको सहयोग पाइनेछ र ठूलो जिम्मेवारी पाउने संकेत छन्। पूरा सप्ताह तपाईंका लागि शुभ रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र तपाईंका क्रियाकलापले मानिसहरू बीच लोकप्रियता प्राप्त हुनेछ।

जीवनसाथी र परिवारका सदस्यहरूले तपाईंका समस्याहरू समाधान गर्न सहयोग गर्नेछन्। अधुरा कामहरू सजिलै पुरा हुनेछन् र घरपरिवारसँगको सम्बन्ध मधुर रहनेछ। सन्तुलित व्यवहार राख्ने सल्लाह दिइन्छ। लामो समयदेखि रोकिएका कार्यहरू छिट्टै पूरा गर्ने प्रयास गर्नुहुनेछ। व्यावसायिक साझेदारहरूसँग राम्रो तालमेल रहनेछ। हप्ताको अन्तिम भाग विशेष शुभ रहने संकेत छ।

घरमा रमाइलो वातावरण रहनेछ र नयाँ जिम्मेवारी आउन सक्छ जसले परिवार र करियर बीच सन्तुलन आवश्यक पार्नेछ। विश्वासको जग बलियो हुने समय छ र लामो समयदेखि कसैलाई प्रस्ताव गर्न चाहनेहरूका लागि शुभ समय हुनेछ। वैवाहिक जीवनमा साना विवाद हुन सक्छन् तर आपसी समझदारीले समाधान हुनेछ। शारीरिक रूपमा सामान्य तर मानसिक तनाव र थकान हुनसक्छ।

निद्रा कमी हुनसक्ने भएकाले योग ध्यान र नियमित दिनचर्या अपनाउनु लाभदायक हुनेछ। खाने बानी सुधार्नु फाइदाजनक हुनेछ। अहंकार र अरूलाई बेवास्ता गर्ने बानीबाट टाढा रहनुहोस् यसले सम्बन्धमा असर पार्न सक्छ।

उपाय- मंगलबार हनुमानजीलाई सिन्दूर र चमेलीको तेल चढाउनुहोस् र श्रद्धापूर्वक राम रक्षा स्तोत्रको पाठ गर्नुहोस्।

वृष राशि

यो हप्ता वृष राशिका जातकहरूका लागि स्थिरता र व्यवहारिकता महत्वपूर्ण रहनेछ। कार्यक्षेत्रमा धैर्यका साथ अघि बढ्नुपर्ने समय छ। कुनै पुरानो प्रोजेक्टमा सफलता हात लाग्ने सम्भावना छ। आर्थिक मामिलामा सोच विचार गरेर निर्णय लिनुहोस् र अचानक खर्चहरूबाट बच्नुहोस्।

आयात–निर्यात व्यवसायमा आकस्मिक नाफा हुन सक्छ। सहकर्मीहरूसँगको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको आम्दानी बढ्ने योग छ। कृषि क्षेत्रमा नयाँ प्रयोग गर्न सकिने समय छ। व्यवसायलाई विस्तार र भविष्यका योजनाहरू बनाउनको लागि अनुकूल हप्ता हुनेछ। जीवनसाथीसँग एक्लै यात्रा गर्ने योग छ जसले सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ। बच्चाको करियरसँग सम्बन्धित समस्या समाधान हुनेछन्। आफ्नो कामको गुणस्तर बढाउने प्रयास गर्नु लाभदायक हुनेछ। आइतबार, सोमबार र शनिबार विशेष शुभ रहनेछन्।

यस हप्तामा अत्यधिक आत्मविश्वासका कारण केही काम बिग्रने सम्भावना छ। परिवारका सदस्यहरूको पीडाबाट भावनात्मक रूपमा दुःखी हुनसक्नुहुन्छ। घाँटी र ढाड दुखाइको समस्या आउनसक्छ। सरकारी काममा लापरवाही गरे आर्थिक जरिवाना भोग्नुपर्ने अवस्था आउनसक्छ, त्यसैले सावधानी अपनाउनुहोस्।

हतारमा कुनै निर्णय नगर्नुहोस्। बच्चाहरूलाई खराब संगतबाट टाढा राख्नु जरुरी हुनेछ। महत्त्वपूर्ण कामहरूबाट ध्यान हट्ने खतरा छ। किनमेल गर्नुपर्दा पहिले नै आर्थिक व्यवस्था मिलाउनुहोस्। बुधबार र बिहीबार स्वास्थ्यको दृष्टिले कमजोर रहने हुनाले नियमित व्यायाम र खानपानमा ध्यान दिनुहोस्।

यो हप्ता केही क्षेत्रमा स्थिरता महसुस भए पनि आत्मनिरीक्षण र योजना बनाउनका लागि उत्कृष्ट समय हुनेछ। जागिरेहरूका लागि पुरानो प्रोजेक्ट पूरा हुने र प्रमोशन वा स्थानान्तरणको योग छ। व्यवसायी वर्गले आफ्ना पार्टनरसँग राम्रो संवाद र तालमेल राख्नु जरुरी हुनेछ। आर्थिक मामिलामा संयमता अपनाउनुहोस् र लगानी सोच–विचार गरेर मात्र गर्नुहोस्। ठूला निर्णय लिँदा परिवारजनको सल्लाह लिनु लाभदायक हुनेछ र भावनामा बगेर निर्णय नगर्नुहोस्।

उपाय- यस हप्ता शुक्रबार लक्ष्मी मातालाई सेतो फूल अर्पण गर्नुहोस् र कन्याहरूलाई खीर वा सेतो मिठाई खुवाउनुहोस्।

मिथुन राशि

यो हप्ता मिथुन राशिका लागि हप्ताको सुरुवातमा स्वास्थ्य राम्रो रहनेछ र मन खुसी तथा आनन्दित हुनेछ। व्यवसाय विस्तारको उद्देश्यले यात्रा गर्ने योग छ र नयाँ आउटलेट वा कार्यालय सुरु गर्ने योजना बनाउन सकिने समय हो। तपाईंले लिएका निर्णयहरू सही साबित हुनेछन्। दाजुभाइ दिदीबहिनीको जीवनमा शुभ घटना हुन सक्छन्।

यो हप्ता योजनाहरूलाई स्थिरता दिने र नयाँ दिशा दिने समय हो। विचारमा स्पष्टता आउनेछ र तपाईंको संप्रेषण क्षमता तथा बुद्धिमत्ताले कार्यक्षेत्रमा ठूलो उपलब्धि दिलाउन सक्छ। नयाँ प्रोजेक्ट सुरु गर्न अनुकूल समय छ। रोजगारीमा रहेका व्यक्तिहरूले वरिष्ठहरूको सहयोग पाउनेछन् जसले आत्मविश्वास बढाउनेछ। व्यापारीहरू विशेष गरी खाद्य र पोशाक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई नाफा हुने सम्भावना छ। आर्थिक रूपमा हप्ता सन्तुलित रहनेछ।

यस हप्तामा सम्पत्ति विवाद उत्पन्न हुन सक्छ, त्यसैले महँगो सामान किन्दा सावधान रहनुहोस् र ऋण लिनबाट बच्नुहोस्। गर्भवती महिलाहरूलाई स्वास्थ्य समस्या हुनसक्छ, त्यसैले विशेष ध्यान दिनुहोस्। चिसो र खोकीबाट बच्न दिनचर्या सन्तुलित राख्नु उपयुक्त हुनेछ। अनावश्यक दौडधुप नगर्नुहोस्। प्रेम सम्बन्धमा केही ठूलो समस्या आउन सक्छ, त्यसैले धैर्य र समझदारी आवश्यक छ। मंगलबार र बुधबार अनावश्यक रिस नियन्त्रण गर्नुहोस्। टाउको दुखाई र थकानलाई हल्का रूपमा नलिनुहोस्।

यो हप्ता तपाईंको करियरमा स्थिरता र सन्तुलन ल्याउनेछ। लामो समयदेखि विचाराधीन परियोजना वा सम्झौता छ भने यसले गति लिन सक्छ। ठूला निर्णय हतारमा नगर्नुहोस्, विशेष गरी आर्थिक मामिलामा।

उपाय- शुक्रबार सेतो कपडा दान गर्नुहोस् र श्रद्धापूर्वक “ॐ शं शुक्राय नमः” मन्त्रको जाप गर्नुहोस्।

कर्कट राशि

यो हप्ता कर्कट राशिका जातकहरूको लागि भावनात्मक सन्तुलन र सम्बन्धमा गहिरो जोड आउने समय हुनेछ। कार्यक्षेत्रमा कडा मेहनतको फल प्राप्त हुनेछ र वरिष्ठहरूको सहयोग पाइनेछ। कुनै पुरानो प्रयासको सुखद परिणाम देखापर्न सक्छ। आर्थिक स्थिति मजबुत रहनेछ तर फजुल खर्चबाट बच्नु आवश्यक छ।

कुनै धार्मिक कार्यको योजना बन्ने सम्भावना छ। करियरमा नयाँ सुरुवात वा परिवर्तनको योग छ र जागिर परिवर्तनको सोच राख्नेहरूलाई शुभ समाचार मिल्न सक्छ। कामको दबाब बढ्न सक्छ तर तपाईं सजिलै त्यसलाई व्यवस्थापन गर्न सक्नुहुन्छ। व्यापारमा साझेदारीको काम गर्दा सतर्क रहनुहोस् र लगानी गर्नु अघि सबै शर्तहरू ध्यानपूर्वक पढ्नुहोस्।

हप्ताको सुरुवात प्रेम सम्बन्धका लागि अत्यन्त शुभ रहनेछ। तपाईं आफ्नो प्रेमी वा जीवनसाथीसँग धार्मिक स्थलको भ्रमण गर्ने अवसर पाउन सक्नुहुन्छ। तपाईंले जुनसुकै काम सुरु गर्नुभयो भने त्यो सफलतापूर्वक पूरा गर्ने सम्भावना छ। यस हप्तामा तपाईंले आफ्नो कडा परिश्रमको सुखद परिणाम पाउनुहुनेछ। तपाईंको इमानदारीको कारण मानिसहरूले तपाईंलाई मन पराउनेछन् र सहकर्मीहरूसँग राम्रो तालमेल रहनेछ। सप्ताहान्त विशेष गरी तपाईंका लागि शुभ रहनेछ।

यस हप्ताको सुरुमा बच्चाहरूको स्वास्थ्यमा समस्या आउनसक्छ। आइतबार वैवाहिक जीवनमा तनाव बढ्न सक्छ र साना कुरामा मन विचलित हुन सक्छ। शनिबार सहकर्मीहरूसँग वैचारिक मतभेद हुनसक्छ। रिस र आवेशलाई नियन्त्रण गर्नुहोस्, नत्र काम बिग्रन सक्छ। महिलाहरूका लागि संक्रमण सम्बन्धी समस्या हुनसक्छ, त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। आफ्नो सम्बन्धमा वफादारी कायम राख्नुहोस् र परिस्थिति अनुसार आफ्नो विचारमा लचिलोपन ल्याउनुहोस्।

उपाय- श्रद्धापूर्वक “ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः” मन्त्रको नियमीत १०८ जाप गर्नुहोस्।

सिंह राशि

यो हप्ता सिंह राशिका जातकहरूका लागि आत्मविश्वास र नेतृत्व क्षमताको प्रदर्शन गर्ने समय हुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रतिष्ठा बढ्नेछ र उच्च अधिकारीहरू तपाईंबाट प्रसन्न रहनेछन्। ठूलो जिम्मेवारी प्राप्त हुने योग छ जसले लाभदायक परिणाम दिनेछ। नयाँ डिल वा साझेदारीका अवसर आउन सक्छन् र आर्थिक स्थिति मजबुत बन्नेछ। लगानीको लागि पनि समय अनुकूल छ।

हप्ताको सुरुवात अलिकति सुस्त हुनसक्छ तर मध्य भागदेखि काममा गति आउनेछ। उच्च अधिकारीहरूबाट प्रशंसा पाउने अवसर मिल्नेछ र प्रमोशनको प्रतीक्षा गरिरहेका व्यक्तिहरूलाई शुभ समाचार प्राप्त हुन सक्छ। व्यापारी वर्गलाई नयाँ ग्राहक भेटिने सम्भावना छ जसले आम्दानी बढाउनेछ। विद्यार्थीहरूले आफ्नो करियरप्रति विशेष ध्यान दिनेछन् र आर्थिक क्षेत्रमा म्युचुअल फन्ड वा सेयर बजारबाट राम्रो लाभ प्राप्त गर्न सक्ने समय छ।

भावुक नबनी निर्णयमा बुद्धिमत्ता प्रयोग गर्नुहोस्। घरका ठूला सदस्यहरूको माया र आशीर्वाद प्राप्त हुनेछ। पहिले योजना गरिएका कामहरू सजिलै कार्यान्वयन हुनेछन्। युवा प्रेमीहरूका लागि रोमान्टिक यात्राको योग छ। बिहीबार र शनिबार विशेष शुभ रहनेछन्।

यस हप्ताको सुरुवातमा शारीरिक रूपमा कमजोर महसुस हुनसक्छ, त्यसैले आफ्नो स्वभाव लचिलो राख्नुहोस्। बदलिँदो मौसम र वर्षाका कारण एलर्जी वा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ। घरजग्गासँग सम्बन्धित व्यवसायमा चुनौती आउन सक्छ। निद्राको कमीले थकान र टाउको दुखाइ बढाउन सक्छ। अनावश्यक गल्तीले व्यक्तिगत सम्बन्धमा दूरी आउन सक्ने सम्भावना छ। नयाँ वस्तु खरिद गर्दा अनावश्यक खर्च बढ्न सक्छ।

साना बच्चाहरूलाई आँखाको समस्या हुनसक्छ। आइतबार र मंगलबार सावधानी अपनाउनु पर्ने दिन हुनेछ। ऋण वा कानुनी मामिलामा दौडधुप बढ्न सक्छ र व्यक्तिगत सम्बन्धमा तिक्तताको सम्भावना देखिन्छ, त्यसैले धैर्य अपनाउनुहोस् र आफैंमा भरोसा राख्नुहोस्।

उपाय- यस हप्ता चन्द्रमालाई दूध मिसाएको पानीबाट अर्घ्य दिनुहोस् र श्रद्धापूर्वक “ॐ सोम सोमाय नमः” मन्त्रको जाप गर्नुहोस्।

कन्या राशि

यो हप्ता कन्या राशिका लागि योजनाबद्ध र अनुशासित ढंगले काम गर्नु पर्ने समय हो। कार्यक्षेत्रमा अनुशासन र व्यावसायिकताका कारण सफलता प्राप्त हुनेछ। अधूरा कामहरू पूरा हुनेछन् र कुनै नयाँ परियोजना सुरु हुने सम्भावना छ। सकारात्मक समाचार सुन्ने योग छ।

आर्थिक स्थिति स्थिर रहनेछ तर पुराना ऋण वा उधारीको चिन्ता बढ्न सक्छ। करियरमा रहेको ठहराव क्रमशः समाप्त हुँदै जानेछ र यदि तपाईं सरकारी वा प्रशासनिक क्षेत्रमा हुनुहुन्छ भने वरिष्ठ अधिकारीहरूको सहयोग पाउने समय हो। कार्यक्षेत्रमा तपाईंको साख र सम्मान बढ्नेछ। व्यापारमा नयाँ लगानीका अवसर आउन सक्छन् तर हतारमा होइन, सोच–विचार गरेर मात्र कदम चाल्नुहोस्।हप्ताको सुरुवात शुभ रहनेछ।

धार्मिक यात्रा योजना बन्न सक्छ। व्यापारमा नयाँ प्रयोग गर्न सक्ने अनुकूल समय हो। नयाँ जागिर खोजिरहेका व्यक्तिहरूलाई सफलता प्राप्त हुनसक्छ। उच्च शिक्षामा सकारात्मक नतिजा आउन सक्छ। रोकिएका सरकारी कामहरू पुनः सुरु हुने सम्भावना छ। पैतृक कारोबारमा केही नयाँ नीतिहरू लागू गर्न सकिन्छ। जीवनसाथीसँग अधिक समय बिताउने अवसर मिल्नेछ र महत्वपूर्ण कामहरू गति लिनेछन्। प्रशासन र मिडियासँग सम्बन्धित व्यक्तिहरूलाई पदोन्नतिको योग छ।

यस हप्तामा तपाईं आफ्नो बच्चाको शिक्षा र भविष्यबारे चिन्तित हुनसक्नुहुन्छ। रक्तचापका बिरामीहरूले खानपान र जीवनशैलीमा अनुशासन कायम राख्नु आवश्यक छ। ठूलो ऋण लिनुपर्ने परिस्थिति आउनसक्छ त्यसैले वित्तीय निर्णय सोच–विचार गरेर गर्नुहोस्।

अनावश्यक रिस नियन्त्रण गर्नुहोस्। दौडधुपका कारण थकान र शारीरिक कमजोरी आउनसक्छ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूलाई पढाइमा केही अवरोध आउनसक्छ। अपरिचित व्यक्तिलाई सजिलै विश्वास नगर्नुहोस्।

उपाय- यस हप्ता सोमबार शिवलिङ्गमा जल अर्पण गर्नुहोस् र श्रद्धापूर्वक “ॐ नमः शिवाय” मन्त्रको जाप गर्नुहोस्।

तुला राशि

यो हप्ता सन्तुलन बनाएर अघि बढ्ने समय हो। कार्यक्षेत्रमा सहकर्मीहरूसँग राम्रो तालमेल राख्नु लाभदायक हुनेछ। तपाईंको रचनात्मकता र सौम्य स्वभावले कठिन काम पनि सजिलो हुनेछन्। साझेदारीसँग सम्बन्धित काममा सावधानी अपनाउनुहोस्। आर्थिक रूपमा हप्ता मध्यम रहनेछ, खर्च नियन्त्रण गर्नु आवश्यक छ।

घरका ठुला ब्याक्तीहरु सङ सल्लाह अवश्य लिनुहोस् र अनदेखा नगर्नुहोस्। करियरमा नयाँ अवसर आउन सक्छन्, मेहनतले सफलता दिलाउनेछ र पदोन्नतिको सम्भावना पनि छ। व्यवसाय गर्नेका लागि साझेदारीमा काम गर्ने समय अनुकूल छ तर हतारमा कुनै निर्णय नगर्नुहोस्। यस हप्तामा उधार वा ऋण दिनबाट बच्नुहोस् र क्रोध नियन्त्रण गर्नुहोस्। यो हप्ता तपाईंको स्वास्थ्य राम्रो रहनेछ र काममा नयाँ साथी बनाउन सकिने सम्भावना छ। वरिष्ठ अधिकारीहरूले तपाईंको प्रशंसा गर्नेछन् र तपाईंले आफ्नो कार्यक्षेत्रमा ठूलो प्रगति गर्नुहुनेछ।

आमाबाबुप्रतिको प्रेम र सम्मान बढ्नेछ र पैसा कमाउने बाटोमा आएका अवरोध हट्ने संकेत छन्। राजनीतिक क्षेत्रमा सक्रिय तुला राशिका व्यक्तिहरूलाई उच्च पद प्राप्त हुने योग छ। हप्ताको मध्यमा घरमा धार्मिक कार्यक्रम हुने सम्भावना छ जसले पारिवारिक वातावरणलाई सकारात्मक बनाउनेछ।

नयाँ सम्बन्धहरूको विषयमा अलि चिन्ता बढ्न सक्छ। आफ्नो शक्ति र अधिकारको दुरुपयोग नगर्नुहोस् र महिलाहरूले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। अरूको काममा अनावश्यक हस्तक्षेप नगर्नुहोस्। समयको उचित प्रयोग नगरे महत्त्वपूर्ण अवसरहरू गुमाउन सकिन्छ। पारिवारिक विवादबाट टाढा रहनुहोस् र आत्मविश्वास डगमगाउन नदिने प्रयास गर्नुहोस्। गलत निर्णयले पछुताउनु पर्ने अवस्था आउन सक्छ। विदेश यात्रामा केही समस्या हुन सक्छ।

उपाय- यस हप्ता श्रद्धापूर्वक हनुमान चालिसाको पाठ गर्नुहोस्।

वृश्चिक राशि

यो हप्ता वृश्चिक राशिका जातकहरूका लागि दृढ निश्चय र रहस्यमय ऊर्जाले भरिएको रहनेछ। कार्यक्षेत्रमा तपाईंको सूझबूझले जटिल समस्याहरूको समाधान निकाल्ने योग छ र वरिष्ठ अधिकारीहरूबाट प्रशंसा पाउने सम्भावना छ।

रोकिएको भुक्तानी प्राप्त भई आर्थिक स्थिति सुध्रिने संकेत छन् र कुनै शुभ समाचार प्राप्त हुने योग छ। वाणीमा कटुता ल्याउनबाट बच्नुपर्छ किनभने यसले सम्बन्धमा असर पार्न सक्छ।यस हप्तामा कार्यक्षेत्रमा अनुकूल अवस्था रहनेछ तर सहकर्मीहरूसँग मतभेद हुनसक्छ। विशेष गरी प्रविधि र प्राविधिक क्षेत्रमा काम गर्नेहरूले पदोन्नति वा प्रगतिको अवसर पाउनेछन्। व्यवसायमा रोकिएको रकम फिर्ता हुनसक्छ जसले आर्थिक राहत दिनेछ। सामाजिक संस्थाबाट सम्मान प्राप्त गर्ने योग छ र महत्त्वपूर्ण कारोबारी सम्झौता हात पर्न सक्छ। नयाँ सीपहरू सिक्न समय दिने अवसर मिल्नेछ। सन्तानसँग सम्बन्धित समस्याहरू समाधान भई मन हलुका हुनेछ।

प्रेम सम्बन्धलाई समय दिने अवसर मिल्नेछ जसले आपसी समन्वय अझ गहिरो बनाउनेछ।पारिवारिक जीवन शान्त रहनेछ र जीवनसाथीको सहयोग पाइनेछ। तर प्रेम सम्बन्धमा अहंकारका कारण दूरी आउनसक्छ, त्यसैले संवाद कायम राख्नु महत्त्वपूर्ण हुनेछ। घरका सदस्यहरूसँग सम्बन्ध राम्रो राख्नुहोस् र जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। मिडियासँग सम्बन्धित व्यक्तिहरूलाई आफ्नो जिम्मेवारी गम्भीरताका साथ पूरा गर्नु पर्ने समय छ।

अरूसँग आफ्नो मनको कुरा गर्दा सावधान रहनुहोस् र अचानक खर्च बढ्नसक्छ। घुँडामा दुखाइ हुनसक्छ त्यसैले स्वास्थ्यमा ध्यान दिनुहोस्।हप्ताको मध्य भाग अलि चुनौतीपूर्ण हुनसक्छ। कार्यक्षेत्रमा विपरीत विचारधारा भएका व्यक्तिहरूसँग सामना गर्नुपर्दा केही निराशा हुनसक्छ। मंगलबार र बुधबार सावधानी अपनाउनुहोस्। हप्ताको उत्तरार्ध विशेष गरी सोमवार र शुक्रबार शुभ रहनेछन्।

उपाय- दुर्गा चालिसा पाठ गर्नुहोस्।ॐ क्रं क्रीं क्रौं सः भौमाय नमः” मन्त्र जप गर्नुहोस्।

धनु राशि

यो हप्ता धनु राशिका लागि यो हप्ता उत्साह, यात्रा र नयाँ सम्भावनाले भरिपूर्ण हुनेछ। कार्यक्षेत्रमा नयाँ प्रोजेक्ट वा अवसर प्राप्त हुनसक्छ जसले तपाईंको आत्मविश्वास बढाउनेछ। उच्च अधिकारीहरू तपाईंको कामबाट प्रभावित हुनेछन्। आर्थिक स्थिति सुधार हुने संकेत छन् र कुनै धार्मिक आयोजनमा सहभागी हुने अवसर आउन सक्छ। करियरमा नयाँ जिम्मेवारी प्राप्त हुने योग छ जसले भविष्यका लागि लाभदायक परिणाम दिनेछ। जागिर परिवर्तनको सोच राख्नेहरूका लागि समय अनुकूल छ।

तपाईंले यस हप्तामा व्यवसायमा ठूला निर्णय लिन सक्नुहुन्छ। जागिरमा तपाईंको इच्छा अनुसार स्थानान्तरणको सम्भावना छ। कार्यस्थलको अवस्था उत्कृष्ट रहनेछ र सोच–विचार गरेर ठूलो परियोजनामा लगानी गर्न सकिने समय हो। परिवारसँग समय बिताउने अवसर मिल्नेछ र हप्ताको मध्यमा नयाँ सवारी साधन खरिद गर्ने योग छ। पैसा कमाउने बाटोमा रहेका अवरोध हट्नेछन् र राम्रो जीवनशैलीको आनन्द लिन सक्ने समय हुनेछ। विवाहयोग्य बच्चाहरूको लागि विवाह प्रस्तावहरू आउने सम्भावना छ।तर हप्ताको सुरुवात अलि कमजोर हुनसक्छ।

सम्बन्धमा सन्तुलनको अभाव हुन सक्छ र दिनचर्यामा केही परिवर्तन आवश्यक हुनेछ। महत्त्वपूर्ण कामहरूमा ढिलाइ हुनसक्छ र अचानक बढेको जिम्मेवारीको दबाबले मानसिक तनाव ल्याउन सक्छ। जीवनसाथीको व्यवहारबाट अलि निराशा हुनसक्छ। नकारात्मक विचारहरूले मनमा प्रभाव पार्न सक्छन् त्यसैले आत्मनिरीक्षण गरेर समस्या समाधान गर्ने प्रयास गर्नुहोस्। आइतबार र शुक्रबार कमजोर रहने संकेत छन् त्यसैले सावधानीपूर्वक योजना बनाएर अघि बढ्नुहोस्।

उपाय- श्रद्धापूर्वक हनुमान चालीसा को नियमित पाठ गर्नुहोस्।

मकर राशि

यो हप्ता मकर राशिका जातकहरूका लागि जिम्मेवारी र धैर्यको परीक्षा लिने समय हुन सक्छ। कार्यक्षेत्रमा बढी परिश्रम गर्नुपर्ने भए पनि अन्ततः नतिजा तपाईंको पक्षमा आउनेछ। उच्च अधिकारीहरूसँग मतभेद हुन नदिई संयमपूर्वक अघि बढ्नुहोस्। नयाँ योजनाहरूलाई केही समयका लागि स्थगित राख्नु उचित हुनेछ। आर्थिक मामिलामा सोच–विचार गरेर निर्णय गर्नुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्।

कार्यस्थलमा नयाँ सुरुवातको संकेत छ। रोकिएको परियोजना पुनः गति लिनसक्छ र उच्च अधिकारीहरूको सहयोगले आत्मविश्वास बढ्नेछ। व्यापारीहरूका लागि नयाँ सम्झौता वा साझेदारी गर्ने समय लाभदायक रहनेछ।
पारिवारिक जीवन शान्त र सुखद रहनेछ। अविवाहित व्यक्तिहरूका लागि विवाह प्रस्ताव आउनसक्छ। प्रेम सम्बन्धमा पारदर्शिता रहँदा सम्बन्ध अझ मजबुत बन्नेछ। गुस्सामा कुनै निर्णय नगर्नुहोस् र कार्यालयमा आफ्नो विचार अरूलाई थोपर्न खोज्दा हानि हुनसक्छ।यस हप्तामा कार्यक्षेत्रमा तपाईंको प्रदर्शन उत्कृष्ट रहनेछ।

इन्जिनियर र वैज्ञानिकहरूले ठूलो सफलता प्राप्त गर्ने सम्भावना छ। विद्यार्थीहरूले शिक्षकहरूको सहयोग पाउनेछन् र सहकर्मीहरूले तपाईंको प्रशंसा गर्नेछन्। तपाईंको सोच कुनै विषयमा अचानक परिवर्तन हुनसक्छ। यात्रा सफल र प्रगतिशील हुनेछ। साथीहरूबाट उपयोगी सल्लाह प्राप्त गर्ने अवसर मिल्नेछ। अधिकारीहरूले तपाईंको पदोन्नतिको विषयमा छलफल गर्न सक्छन्। सेयर बजारमा गरिएको लगानी लाभदायक बन्नसक्छ।

आत्मविश्वास र मनोबल बढ्ने समय हो। व्यवसाय विस्तार गर्ने उद्देश्यले ऋणका लागि आवेदन दिन सकिन्छ।
तर व्यवसायमा केही अप्रिय परिस्थितिहरूको सामना गर्नुपर्ने हुनसक्छ। धेरै चापलूसी गर्ने व्यक्तिहरूप्रति सतर्क रहनुहोस्। महत्त्वपूर्ण सरकारी काम रोकिनसक्छ र निर्णय लिन कठिनाई हुनसक्छ। रेस्टुरेन्ट व्यवसाय गर्नेहरूले ग्राहकहरूको व्यवहारमा चुनौती अनुभव गर्न सक्छन्।

हप्ताको मध्यतिर मानसिक विचलन आउनसक्छ। खर्च नियन्त्रण गर्नुहोस् र अचानक बढेको कामको बोझले समस्या ल्याउनसक्छ। टाउको दुख्ने वा माइग्रेन भएका व्यक्तिहरूले घाम र प्रदूषणबाट जोगिनुहोस्।

उपाय- यस हप्ता श्रद्धापूर्वक हनुमान चालिसाको पाठ गर्नुहोस्।

कुम्भ राशि

यो हप्ता कुम्भ राशिका जातकहरूका लागि नयाँ सोच र सामाजिक सक्रियताको प्रतीक रहनेछ। कार्यक्षेत्रमा तपाईंका आइडिया र योजनाहरूको प्रशंसा हुनेछ र कुनै पुरानो सहकर्मीबाट सहयोग प्राप्त हुनसक्छ। प्रविधि वा अनलाइन माध्यमबाट लाभ कमाउने योग छ। आर्थिक स्थितिमा सुधार हुनेछ र रोकिएको रकम फिर्ता पाउने सम्भावना छ।राजनीतिक व्यक्तिहरूले उच्च पद प्राप्त गर्न सक्छन् र यात्राको योजना बनाउन सक्छन्।

प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने व्यक्तिहरूका लागि हप्ता धेरै शुभ रहनेछ। अविवाहित व्यक्तिहरूका लागि विवाह प्रस्ताव आउने वा विवाह निश्चित हुने योग छ। नीतिगत क्षेत्रमा लगानी लाभदायक हुनसक्छ र नयाँ व्यवसाय सुरु गर्नका लागि समय राम्रो छ। घरजग्गा व्यवसायीहरूले ठूलो नाफा कमाउने अवसर पाउनेछन्।

अनुभवी व्यक्तिहरूको सहयोगले तपाईंलाई सही दिशा दिनेछ। आइतबार र शनिबार विशेष शुभ रहनेछन्।
यस हप्तामा जागिरमा परिवर्तन वा पदोन्नतिको सम्भावना बलियो छ। पुरानो सहकर्मीबाट सहयोग प्राप्त हुनसक्छ। व्यापारी वर्गले लेनदेनमा विशेष सावधानी अपनाउनु पर्छ। पारिवारिक जीवनमा शान्ति र मधुरता रहनेछ। दाम्पत्य जीवनमा सम्बन्ध अझ प्रगाढ हुनेछ र प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूबीचको गलतफहमी हट्नेछ।

तर परिवारका सदस्यहरूमा स्वार्थ देखिनसक्छ र सम्पत्ति विवादमा फस्ने सम्भावना छ, त्यसैले सावधान रहनुहोस्। अत्यधिक आनन्द र विलासिताले आर्थिक क्षति ल्याउनसक्छ। बुधबार महत्त्वपूर्ण काममा अवरोध आउनसक्छ त्यसैले धैर्यका साथ सही समयको प्रतीक्षा गर्नुहोस्। शेयर बजारमा लगानी गर्नेहरूले हानी भोग्नसक्छन्। झूट बोल्नबाट बच्नुहोस्।

मंगलबार र बुधबार कमजोर दिन रहनेछन्।स्वास्थ्यतर्फ, ब्लड प्रेशर र सुगरका बिरामीहरूले विशेष ख्याल राख्नु आवश्यक छ। नियमित योग र प्राणायाम अभ्यास गर्नुहोस्। कठोर वाणी प्रयोग नगर्नुहोस् किनभने यसले सम्बन्धमा दूरी ल्याउनसक्छ। आर्थिक लगानीमा हतार नगर्नुहोस् र साथीहरूसँग अनावश्यक बहसबाट बच्नुहोस्।

उपाय- यस हप्ताभर नियमित रूपमा श्रद्धापूर्वक दुर्गा चालिसाको पाठ गर्नुहोस्।

मीन राशि

यो हप्ता मीन राशिका जातकहरूका लागि रचनात्मकता, भावना र आध्यात्मिक झुकावले भरिपूर्ण रहनेछ। कार्यक्षेत्रमा तपाईंका विचारहरूको प्रशंसा हुनेछ र सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ। कुनै अनुभवी व्यक्तिको सल्लाहले ठूलो फाइदा मिल्नेछ। आर्थिक स्थिति सामान्य रहनेछ, तर घरेलु खर्च बढ्न सक्छ। विशेष व्यक्तिसँगको नजिककोपन बढ्ने संकेत छ।

यस हप्तामा कार्यक्षेत्रमा नयाँ अवसरहरू आउनसक्छन्। हाकिमहरुबाट प्रशंसा प्राप्त हुनसक्छ र पुरानो परियोजनामा सफलता मिल्नेछ। व्यापारीहरूका लागि ठूलो सम्झौता पक्का हुने सम्भावना छ। युवा वर्गका लागि प्रतिस्पर्धात्मक परीक्षामा अनुकूल समय रहनेछ।

व्यवसायमा महत्वपूर्ण साझेदारी बन्न सक्छ। महत्वपूर्ण कार्यका लागि गरिएको यात्रा लाभदायक हुनेछ। जीवनसाथीको माया र ख्याल पाउने समय हो। घरपरिवारका परिस्थितिलाई सहजै सम्हाल्न सकिनेछ। मनपर्ने कम्पनीबाट अन्तर्वार्ताको अवसर मिल्नसक्छ।

धार्मिक गतिविधिहरूमा चासो बढ्नेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो नतिजा प्राप्त गर्नेछन्। प्रशासनसँग सम्बन्धित व्यक्तिहरूले उच्च पद प्राप्त गर्ने सम्भावना छ। व्यवसायमा ठूलो नाफा हुने योग छ। छोराछोरीको राम्रो व्यवहारले मन खुशी हुनेछ। सप्ताहन्तमा महँगो सामान किन्नसक्ने सम्भावना छ। बुधबारपछि समय विशेष शुभ रहनेछ।

तर यस हप्तामा पुरानो ऋण तिर्न दबाब पर्नसक्छ। अपरिचित व्यक्तिले समस्या निम्त्याउनसक्छ। पुरुष जातकहरूले महिला सहकर्मीहरूसँग समस्या भोग्नसक्छन्। तीखो वाणीले नजिकको कसैलाई चोट पुर्‍याउन सक्छ, त्यसैले बोलीमा संयम अपनाउनुहोस्। प्रियजनसँग बाहिर घुम्न जाने अवसर मिल्नसक्छ, तर अरूले तपाईंको बारेमा गलत धारणा नबनाओस् भन्नेमा ध्यान दिनुहोस्। कहिलेकाहीँ नकारात्मक सोचले हावी हुनसक्छ। तेलयुक्त खाना खानबाट बच्नुहोस् किनभने पेटसम्बन्धी समस्या आउन सक्छ।

उपाय- यस हप्ताभर श्रद्धापूर्वक हनुमान चालिसाको पाठ गर्नुहोस्।

Logo