मारुतीको ‘पर्वोत्सव’ योजना, ४ लाखसम्म उपहार

मारुतीको ‘पर्वोत्सव’ योजना, ४ लाखसम्म उपहार

केन्द्रबिन्दु
0
Shares

मारुती सुजुकीको लागि नेपालको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले चाडपर्व र नाडा अटो शो लाई लक्षित गरि ‘पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ। भदौ २६ देखि सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण गाडीहरुमा यो अफर उपलब्ध गराएको जनाएको छ।

नाडा अटो शोकोे लागि यस योजना अन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने छ। सुजुकीको नाडा अटो स्टल नं जे-१७ को साथै नेपालभरिका सम्पूर्ण सुजुकी शोरुममा समेत यो योजना लागू हुने जनाइएको छ। यसबाहेक उपभोक्ताहरुले कम्पनीका २०१७ का सम्पूर्ण मोडलहरुमा तथा नाडा अटो शोको बुकिङमा विशेष छुट समेत पाउने कम्पनीले जनाएको छ।

कम्पनीले ल्याएको योजना अनुसार उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन् ।

Skip This
Skip This
Logo