रोल्पाको रुन्टी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले स्थानीय पत्रकार रवीन्द्र पुनमगरलाई ज्यान मार्ने धम्की दिएका छन्। "/>

गाउँपालिकाका अध्यक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की

गाउँपालिकाका अध्यक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की

केन्द्रबिन्दु
0
Shares

रोल्पाको रुन्टी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले स्थानीय पत्रकार रवीन्द्र पुनमगरलाई ज्यान मार्ने धम्की दिएका छन्। रोल्पा समाचार साप्ताहिकका होलेरी संवाददाता  पुनमगरलाई  गत भदौ २५ गते राती गाडीमा राखेर होटेलमा लगेर अध्यक्ष बुढामगरले ज्यान मार्ने धम्की दिएका हुन्  ।

धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रोल्पा शाखाले खेद व्यक्त गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। गाउँपालिकाको सार्वजनिक सुनुवाइका विषयमा टिप्पणी गरेको भन्दै अध्यक्ष बुढामगरले पत्रकारलाई धम्की दिएको नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Logo