टाटा ईभी, नेपाली बजारमा विद्युतीय गाडीको नयाँ युगः मूल्य, मोडल र विशेषता

टाटा ईभी, नेपाली बजारमा विद्युतीय गाडीको नयाँ युगः मूल्य, मोडल र विशेषता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । टाटा मोटर्स नाम सुन्नासाथ नै दृढता, भरपर्दो यात्रा र आधुनिक प्रविधिको अनुभव झल्किन्छ। भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा अब केवल भारतीय सडकमा मात्रै सीमित छैन । नेपालमा पनि यसले आफ्नो पहिचान गाढा बनाइसकेको छ ।

नेपालमा यसको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. हो, जसले केही दशकदेखि टाटाका गाडीहरूलाई नेपाली उपभोक्तासम्म पु-याउँदै आएको छ । यो साझेदारी केवल सवारी साधन बेच्ने सम्बन्ध होइन । यो विश्वास र सेवाको यात्रासँग जोडिएको सम्बन्ध हो ।

टाटाले भारतमा ‘नेक्सन ईभी’ को अभूतपूर्व सफलताले इलेकट्रिक मोबिलिटीमा नयाँ युग सुरु गरेकाे थियाे, यही सफलता अब नेपालमा पनि दोहोरिँदैछ । सफा, हरित र भविष्यमुखी यातायाततर्फ उन्मुख नेपालका उपभोक्ताहरूका लागि नेक्सोन ईभीजस्ता टाटाका विद्युतीय गाडीहरू उपयुक्त विकल्प बनेका छन् ।

हिजोसम्म इन्धनमैत्री विकल्पमा सीमित टाटा अब स्मार्ट, स्टाइलिस र सस्टेनेबल मोबिलिटीका रूपमा प्रस्तुत भइरहेको छ । सहरका गल्लीदेखि पहाडी बाटासम्म, टाटाले नेपाली मन जित्न थालेको छ । टाटाले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक गाडी टाटा नेक्सोन ईभी (टाटा नेक्सन ईभी) लाई जुलाई २८, २०२१ मा औपचारिक रूपमा सार्वजनिक गर्दै बिक्री सुरु गरेको थियो।

कुन-कुन ईभी रहेका छन् ?

नेपालको विद्युतीय यात्रामा टाटा मोटर्सको प्रभावशाली उपस्थिति दिनप्रतिदिन बलियो बन्दैछ । अहिले नेपाली बजारमा टाटाका पाँचवटा प्रमुख इलेक्ट्रिक मोडलहरू सक्रिय रूपमा बिक्री भइरहेका छन् । सबैभन्दा पहिले नेपालमा भित्रिएको टाटाको ईभी हो, टाटा नेक्सन । यस एसयूभीले आफ्नो विविध भेरियन्टहरू (प्राइम, म्याक्स, लङ रेन्ज र नयाँ के३. ईभी) रहेका छन् ।

टिगोर ईभी अर्काे लोकप्रिय ईभी हो । यदि बजेटमैत्री विद्युतीय गाडी चाहिएको छ भने टियागो ईभी उत्कृष्ट विकल्प बन्न सक्छ । यो ह्याचब्याक इभी नेपालमा सबैभन्दा सस्तो इभीहरूमध्ये एक हो । जुन सस्तो मात्र होइन, स्टाइल र सुविधा दुवै रहेको छ ।

नयाँ पुस्ताका लागि बनेको टाटा पन्च ईभी पनि नेपाली बजारमा बिक्रीमा आएको छ । माइक्रो एसयूभी डिजाइन र टाटाको नयाँ इभी प्ल्याटफर्ममा आधारित यो मोडलले टेक्नोलोजी र ट्रेन्डलाई आत्मसात गरेको छ ।

त्यसैगरी टाटा कर्भ ईभी नयाँ सोच, नयाँ शैलीको रुपमा भित्रिएको छ, यो गाडी एसयूभी कूपे डिजाइनमा आएको छ । अर्काे हो, टाटा नेक्सन के३ ईभीको पनि बजारमा यसको चर्चा पनि उत्तिकै छ । टाटा मोटर्सले अहिले चार मोडलमार्फत नेपाली इभी बजारमा मात्र होइन, उपभोक्ताको मनमा पनि आफ्नो ठाउँ बनाउन सफल भएको छ ।

कति पर्छ मूल्य ?

सबैभन्दा सस्तो विद्युतीय विकल्पको खोजीमा हुनुहुन्छ भने टाटा टियागो ईभी तपाईंको सूचीको पहिलो नम्बरमा पर्न सक्छ । करिब २७ लाख ४९ हजारदेखि २९ लाख ९९ हजारसम्मको मूल्यमा उपलब्ध यो गाडी सस्तो मात्र होइन, सशक्त पनि हो ।

त्यसपछि आउँछ, टाटा पन्च ईभी—फ्युचरिस्टिक डिजाइन र माइक्रो–एसयूभी स्वभावले भरिएको, यसको मूल्य करिब ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजारसम्म पर्छ । यो आकारमा सानो देखिए पनि प्रविधिमा पूरै स्मार्ट रहेको छ ।

यदि तपाईं एसयूभीमा स्टाइल, शक्ति र दिगोपनको सन्तुलन खोज्दै हुनुहुन्छ भने टाटा नेक्सोन ईभी सबैभन्दा उपयुक्त विकल्प हो । यसको मूल्य करिब ३८ लाख ९९ हजारदेखि सुरु भएर के३ .ईभी जस्ता उच्च संस्करणहरूमा ४८ लाख ९९ हजारसम्म रहेको छ । नेपाली बजारमा नयाँ भएकाले टाटा कर्भ ईभीको भने मूल्य तोकिएको छैन । भारतमा यसको मूल्य १७.४९ लाखबाट सुरु भएको छ ।

कुन गाडीको विशेषता के ?

टाटा ईभीहरू जिपट्रोन प्रविधिमा आधारित छन्, जसले ब्याट्री, मोटर र पावर इलेक्ट्रोनिक्सको राम्रो सन्तुलन प्रदान गर्छ ।

टाटा नेक्सन ईभी

टाटा नेक्सन ईभीको दुई वटा भेरियन्ट रहेको छ । नेक्सन ईभी प्राइममा ३०.२ किलोवाट आवर व्याट्रीले ३२१ किमी रेन्ज प्रदान गर्छ । जबकी के३. ईभीमा ४०.५ वा ४५ किलोवाट आवरको ब्याट्री विकल्पसहित ४३७ किमी सम्मको एआरएआई र लगभग ३२५ किमीको रियल – वल्र्ड रेन्ज दिन सक्षम छ । डिसी फास्ट चार्जिङ सपोर्टका साथ ५० किलोवाट चार्जरले गाडीलाई ०–८० प्रतिशत चार्ज गर्न झण्डै ५६ मिनेट मात्रै लाग्छ । ७.२ किलोवाट एसी चार्जिङ विकल्पले घरमै पनि सहजै चार्ज गर्न सकिन्छ ।

यात्रालाई रमाइलो बनाउन ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कनेक्टेड कार फिचर, क्रुज कन्ट्रोल, सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, र उच्च भेरियन्टमा भेन्टिलेटेड सिट र प्यानोरामिक सनरूफ जस्ता सुविधाहरूले यसलाई केवल एउटा गाडी होइन, जीवनशैलीको हिस्सा बनाउँछ । नेक्सन ईभी भनेको भविष्यमा टेक्ने वर्तमान हो, जुन स्टाइल, शक्ति र सुरक्षाको परिपूर्ण सन्तुलन हो ।

टाटा टियागो ईभी

टाटा टियागोले किलोवाट आवर ब्याट्रीले २६ किलोवाट आवर ब्याट्रीले एआरएआई अनुसार ३१५ किमीको रेन्ज दिने क्षमता राख्छ । जुन दैनिक यात्रा र अफिसका लागि अत्यन्त उपयुक्त हुन्छ । कतै जान ढिलो भैरहेको छ र गाडीमा चार्ज छैन भने चिन्ता लिनुपर्दैन किनभने २५ किलोवाट डिसी फास्ट चार्जिङले ६५ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ ।

७ इन्चको टचस्क्रिन, आईआरए कनेक्टेड कार प्रणाली र फुल्ली अटोमेटिक टेम्परेचर कन्ट्रोल रहेको छ । टाटा टियागो ईभी दिगोपन, सस्तो, स्टाइलिस र सुरक्षित छ ।

टाटा पन्च ईभी

टाटा पन्च नयाँ एक्टी ईभी प्लेटफर्ममा आधारित स्मार्ट माइक्रो एसयूभी हो । जुन आकारमा सानो देखिए पनि क्षमतामा ठूलो छ । यसको दुईवटा ब्याट्री विकल्पले फरक–फरक आवश्यकतामा लक्षित समाधान दिन्छ ।
२५ किलोवाट आवर को ब्याट्रीले ३१५ किमीको एआरएआई रेन्ज दिन्छ भने ३५ किलोवाट आवर को ब्याट्रीले झनै प्रभावशाली ४२१ किमीको रेन्ज प्रदान गर्छ ।

लङ रेन्ज भेरियन्टमा १२२ पिएस ९ सय ९० किलो वाटको पावर र १९० एनएमको टर्कले गाडीलाई द्रुत र सन्तुलित गति दिन्छ ।चार्जिङ पक्षमा ५० किलोवाट सम्मको डिसी फास्ट चार्जिङले केवल ५६ मिनेटमै ८० प्रतिशत चार्ज पु-याउँछ भने ७.२ किलोवाट एसी चार्जरले घरमै सहज चार्जिङको सुविधा दिन्छ ।

प्रिमियम अनुभवका लागि यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, त्यस्तै आकारको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर, ३६० डिग्री क्यामेरा र कनेक्टेड कार प्रविधि जस्ता अत्याधुनिक फिचरहरू समावेश छन् ।

टाटा कर्भ ईभी

टाटा कर्भ ईभी भविष्यको डिजाइन र प्रविधिको सजीव उदाहरण हो । जुन एक्टीभ.ईभी प्लेटफर्ममा आधारित एसयूभी कूपे शैलीमा प्रस्तुत गरिएको छ । यसको ४५ किलोवाट आवर र ५५ किलोवाट आवर ब्याट्री विकल्पले क्रमशः ४३० किमीदेखि ५०२ किमी (एआरएआई अनुसार) सम्मको प्रभावशाली रेन्ज प्रदान गछ ।

१५० देखि १६७ पिएस पावर र २१५ एनएम टर्कले यो गाडीलाई स्टाइलिश मात्र नभई शक्तिशाली पनि बनाउँछ । चार्जिङ पक्षमा ७० किलोवाट को डिसी फास्ट चार्जर र ७.२ किलोवाटको एसी चार्जरले यसलाई सजिलै चार्ज गर्न सकिने बनाउँछ । भित्री सुविधाहरूमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले, प्यानोरामिक सनरूफ र एड्भान्स्ड एडिएएस फिचरले यो गाडीलाई टेक्नोलोजीको नयाँ उचाइमा पु-याउँछ । सुरक्षा हिसाबले पनि यो उत्कृष्ट मानिन्छ । यसमा ६ एयरब्याग, एबिएस वेथ ईबिडी, ईएसपी लगायतका फिचरहरू रहेको छ ।

टाटा टिगोर

टाटा टिगोरको यो विद्युतीय गाडीमा स्थायी चुम्बक सिन्क्रोनस मोटरजडान गरिएको छ । जसको अधिकतम शक्ति ४८.६४ किलोवाट र टर्क १७० एनएम रहेको छ। गाडीमा विभिन्न ड्राइभिङ मोडहरू (ड्राइभ र स्पोर्ट्स) उपलब्ध छन्। यसमा २६ किलोवाट आवरको उच्च ऊर्जा घनत्व भएको लिथियम-आयन ब्याट्री प्याक प्रयोग गरिएको छ।

यो गाडी चार्ज गर्नका लागि सीसीएस२ स्ट्यान्डर्ड प्रयोग गरिएको छ। यसलाई सामान्य १५ एम्पीयरको प्लग प्वाइन्टबाट ८० प्रतिशतसम्म चार्ज गर्न लगभग ८ घण्टा ४५ मिनेट लाग्छ। २५ किलोवाटको डीसी फास्ट चार्जरबाट सोही मात्रामा चार्ज गर्न ६५ मिनेट मात्रै लाग्छ।

गाडीको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ, जबकि गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी उपलब्ध छ।

यसको लम्बाई ३९९३ मिमि, चौडाइ १६७७ मिमि, र उचाई १५३२ मिमि रहेको छ। यसको ह्वीलबेस २४५० मिमि छ र खाली अवस्थामा जमिनबाट १७२ मिमि माथि हुन्छ। यसमा ३१६ लिटरको बुट स्पेस छ, र यसको कुल तौल १२३५ किलोग्राम रहेको छ। यो गाडी १७५/६५ आर१४ आकारका कम रोलिङ रेसिस्टेन्स टायरसँग आउँछ।

Logo