सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पतालकाे नयाँ भवन उद्घाटन

सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पतालकाे नयाँ भवन उद्घाटन

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । मोरङकाे बेलबारी नगरपालिका–१ मा सञ्चालनमा रहेको नगर अस्पताल अब बेलबारी–४ बुधबारेमा सरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रमबीच मोरङ क्षेत्र नं. ३ का नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले अस्पतालको नयाँ भवनकाे उद्घाटन गरेका हुन्।

अबदेखि नगर अस्पतालको सम्पूर्ण सेवा बेलबारी–१ मा नभई बेलबारी–४ बुधबारेबाट प्रदान गरिने अस्पताल प्रसाशनले जनाएको छ । आइतबारदेखि अस्पतालको सेवा नयाँ स्थानबाट औपचारिक रूपमा सुरु हुने भएको हो।

सं‌घीय सांसद डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

Skip This
Skip This
Logo