काठमाडौं

निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको समितिका एक सदस्यलाई हृदयघात भएको छ । "/>

निर्मला पन्त हत्या प्रकरणका उच्चस्तरीय छानबिन समिति सदस्यलाई हृदयघात !

निर्मला पन्त हत्या प्रकरणका उच्चस्तरीय छानबिन समिति सदस्यलाई हृदयघात !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको समितिका एक सदस्यलाई हृदयघात भएको छ । समितिमा सदस्य रहेका सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँलाई हृदयघात भएको हो ।

उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिन अघि हृदयघात भएको हो । सरकारले समितिको म्याद आइतबार १५ दिनका लागि थपेको थियो ।

म्याद थप गर्दा घटनाको निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार राजिनामा दिइसकेका छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने मंगलबार साँझसम्म केसीको राजिनामा प्राप्त नभएको र उनका आरोपबारे औपचारीक रुपमा आफुहरुलाई जानकारी नभएको बताउँछन् ।

निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेको पुष्टि भएको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरिएका स्थानीय दिलीपसिंह बिष्टको घटनामा संलग्नताको प्रमाण फेला नपरेपछि उनी मंगलबार भएका छन् । प्रहरीले अपराधी सावित गर्न खोजेका दिलिप विष्ट पनि छुटेपछि घटनाको ४८ दिनमा अनुसन्धान शून्यमा आएको छ ।
नयाँ पत्रिकाबाट

Logo